शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

माइक्रोबसको ठक्करबाट चौधरीको मृत्यु

सोमबार, ०५ कात्तिक २०७५, १६ : २३
सोमबार, ०५ कात्तिक २०७५

राजविराज– पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्नि साइकृष्ण सवरण गाउँपालिका– १ जण्डोलमा माइक्रोबसको ठक्करबाट पैदलयात्री स्थानीयवासी ६५ वर्षीय अन्दुलाल चौधरीको मृत्यु भएको छ । 

विराटनगरबाट काठमाडौंँतर्फ जाँदै गरेको बा ५ ख १४५१ नं को माइक्रोबसले अर्को सवारी साधनलाई उछिन्ने क्रममा सडक किनारमा हिँडिरहेका चौधरीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । 

घटनापछि स्थानीयवासी र पीडितले पूर्वपश्चिमराजमार्गमा केही घण्टा चक्का जाम गरेका थिए । माइक्रोबस र चालकलाई नियन्त्रणमा लिने शर्तमा यातायात पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप