शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाँचसय गाडी चालक कारवाहीमा

सोमबार, ०५ कात्तिक २०७५, १६ : १२
सोमबार, ०५ कात्तिक २०७५

दाङ– दशैँको समयमा ट्राफिक नियम उल्लङ्घन गर्ने करिव ५०० सवारी साधन चालकलाई कारवाही गरिएको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार नियमविपरीत सञ्चालन गरिएका ५०५ सवारी चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मदन कुँवरले जानकारी दिए । 

उनका अनुसार कारवाहीमा पर्नेमा तीव्रगतिमा गाडी चलाउने, मापसे गरेर चलाउने, क्षमताभन्दा बढी सामान राख्ने र सवारी सञ्चालन कागजात नभएका चालक छन् । कारवाहीमा पर्नेमा मोटरसाइकल, जीप कार, बस, ट्रक, टिपर, अटो लगायतका सवारी साधनका चालक छन् । उक्त कारवाहीबाट रु तीन लाख १९ हजार राजश्व सङ्कलन भएको पनि प्रहरी निरीक्षक कुँवरले बताए । 

दशैँको अवधिमा दाङमा चार वटा सवारी साधन दुर्घटना भएकामा एक जनाको मृत्यु भएको र चारजना गम्भीर घाइते भएको उक्त कार्यालयले जनाएको छ । गत वर्ष दशैंको समयमा भन्दा यसपटक भने सवारी साधन दुर्घटनामा कमी आएको छ । गत वर्ष सो अवधिमा एक दर्जनबढी सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु हुनुका साथै १० जना गम्भीर घाइते भएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप