बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मिलान डर्बीमा इन्टर विजयी

सोमबार, ०५ कात्तिक २०७५, ११ : ०२
सोमबार, ०५ कात्तिक २०७५

एजेन्सी । इन्टर मिलानका कप्तान माउरो इकार्डीले इन्जुरी समयमा नाटकीय गोल गर्दै मिलान डर्बीमा एसी मिलानबिरुद्ध १–० को जीत दिलाएका छन् ।

२२२ औँ मिलान डर्बी बराबरीतर्फ अघि बढिरहँदा खेलको ९२ औँ मिनेटमा माटियास भेसिनोको क्रसलाई जाली चुमाएका थिए ।

निकै निरश खेलमा इन्टरले पहिलो हाफमा राज्डा नाइनगोग्लानलाई घाइते हुँदै गुमाएको थियो ।

इकार्डीको गोलअघि इन्टरकै स्टेफान डे भ्रिज मात्र गोलको नजिक पुगेका थिए । उनको प्रहार पोष्टमा लागेको थियो ।

जीतसँगै इन्टर लिगको तेस्रो स्थानमा उक्लेको छ भने एसी मिलान लिगको १२ औँ स्थानमा सिमिति रहेको छ ।

‘डर्बी खेल भने जित्नुका लागि हो,’ खेलपछि इकार्डीले भने, ‘हामीले थुप्रै अवसरहरु सृजना गर्यौँ । हाम्रो प्रहार पोष्टमा लाग्यो भने एउटा गोल रद्द गरियो । हामी जीतका हकदार थियौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप