ट्रयाक्टरले स्कुटीलाई ठक्कर दिँदा एकको मृत्यु, एक गम्भीर घाइते
किरण कुमार कर्ण
जनकपुर । जनकपुर–ढल्केवर सडक खण्ड अन्तर्गत मुजेलियामा ट्रयाक्टरले स्कुटीलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वाडा नम्बर १० देवि चोक बस्ने विश्वनाथ नायकका छोरा अन्दाजी ३० बर्षिय सदीप नायकको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुजेलियाका इन्चार्ज सुरेन्द्र यादवले जनाए ।
उत्तर दिशाबाट जनकपुर आउदै गरेको ज. २ त ११३ नम्बरको ट्रयाक्टरले हिरो होण्डा सो रुमको अगाडि मुजेलियातर्फ जाँदै गरेको ज.९.प. ६१३३ नम्बरको स्कुटीलाई सवा ८ बजे ठक्कर दिएका छन् ।
स्कुटी चालक सदीप नायकको मृत्यु भएको र स्कुटिमा पछाडी सवार एक जना गम्भीर घाइते भएका छन् । घाइतेको नाम खुल्न सकेको छैन ।
घाइतेलाई प्रहरीले जनकपुर अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गराएका छन् भने मृतक नायकको शव पनि पोष्ट्मार्टम गर्न अस्पतालमा राखिएको प्रहरिले जनाएको छ ।
यता चालक फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै