शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दशैँमा मापसे गरेर श्रीमतीको हत्या गर्ने पक्राउ

सोमबार, ०५ कात्तिक २०७५, १० : ३९
सोमबार, ०५ कात्तिक २०७५

भद्रपुर । विजया दशमीको भोलिपल्ट शनिबार घरमै श्रीमतीको हत्या गरी फरार रहेका कनकाई नगरपालिका–८ का आइतराज परियार पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतका अनुसार विजया दशमीको भोलिपल्ट मादकपदार्थ सेवन गरी ४० वर्षीया श्रीमती माया परियारलाई हत्या गरेर अभियुक्त आइतराज फरार रहेका थिए । 

लुकीछिपी इलामको दानाबारीमा बसेको अवस्थामा अभियुक्त आइतराजलाई प्रहरीको खोजतलास टोलीले आइतबार फेला पारेको प्रनाउ बस्नेतले जानकारी दिए। 

अभियुक्त आइतराजले हत्या आफैँले गरेको प्रहरीसमक्ष स्वीकार गरेको र उनलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप