शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दीपिका र रणवीरको घोषणा : अर्को महिना विवाह गर्दैछौँ, तर यसकारण हुँदै छन् ट्रोल

सोमबार, ०५ कात्तिक २०७५, ०९ : ३७
सोमबार, ०५ कात्तिक २०७५

एजेन्सी । बलिउडका हट जोडी दीपिका पादुकोण र रणवीर सिंहले आफ्नो विवाहको मिति घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमा एक कार्ड पोष्ट गर्दै दुवैले आफ्नो विवाहको मिति सार्वजनिक गरेका हुन् ।

जसमा लेखिएको छ विवाह आगामी १४ र १५ नोभेम्बरमा हुनेछ ।

तर, कार्डमा भएको एउटा सानो गल्तीका कारण सामाजिक सञ्जालमा उनीहरुलाई निकै ट्रोल गरिँदैछ ।

१० लाइनको कार्डमा दीपिकाको नाम गल्तीले ‘दीपीका’ लेखिएको छ ।

सामाजिक सञ्जालका प्रयोगकर्ताहरु सोध्दैछन् – आफ्नो नाम कसले गल्ती लेख्छ ?

कार्डकै कारण ट्रोल

समाजिक सञ्जालमा यतिबेला यो कार्ड भाइरल भएको छ ।

एक प्रयोगकर्ता सोध्छन्, ‘विवाहको कार्ड पनि आफ्नो नाम कसले गल्ती लेख्छ ?’

अर्का प्रयोगकर्ता लेख्छन्, ‘दुई दिनसम्म कसले विवाह गर्छ यार ?’

‘एकै जनासँग दुई फरक–फरक मितिमा विवाह गर्ने मैले कहिले पनि सुनेको थिइनँ । एक मितिमा विवाह गरेर अर्को मितिमा कसैको माइन्ड चेन्ज भयो भने ? यस्तो सम्बन्धलाई कानूनी रुपमा के भन्ने ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप