बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हङकङ र चीन जोड्ने विश्वकै सबैभन्दा लामो समुद्री पुल बुधबारबाट खुल्ने

सोमबार, ०५ कात्तिक २०७५, ०९ : १७
सोमबार, ०५ कात्तिक २०७५

एजेन्सी । २० अर्ब डलर लागतमा निर्माण भएको हङकङ र मकाउलाई मेनल्याण्ड चीनको शहर झुहाईलाई जोड्ने पुल यो हप्ता खुल्ने भएको छ ।

करिब ९ वर्ष लगाएर निर्माण गरिएको सो पुल विश्वकै सबैभन्दा लामो समुद्री पुल हो ।

चिनियाँ राष्ट्रपति सि जिनपिङ र हङकङ तथा मकाउका शीर्ष अधिकारीहरुले झुहाईमा मंगलबार हुने विशेष समारोहका बीच पुलको उद्घाटन गर्ने बताइएको छ ।

सर्वसाधरणका लागि बुधबारबाट पुल खुला गरिनेछ ।

५५ किलोमिटर लामो यो पुल सन् २०१६ मा नै सम्पन्न गरिने लक्ष्य लिए पनि विभिन्न कारणले केही वर्ष ढिलाइएको थियो ।

यो पुलको निर्माण भएसँगै दुई सहरबीचको दुरी ३ घण्टाबाट ३० मिनेटमा झर्ने भएको छ ।

यद्यपि, यो पुलको परियोजनालाई लिएर हङकङमा भने विरोधका स्वरहरु सुनिएका थिए ।

पुलको निर्माणसँगै चीनबाट हङकङले धान्न नसक्ने गरी पर्यटकहरु आउने उनीहरुको चिन्ता रहेको छ ।

सन् २०१६ मा हङकङमा ५.६७ करोड पर्यटक आएका थिए भने क्षेत्रफलको हिसाबले ठूलो बेलायतमा मात्र ३.७६ करोड पर्यटक भित्रिएका थिए ।

चिनियाँ सरकारका आलोचकहरुले यसलाई हङकङलाई नियन्त्रणमा राख्ने चिनियाँ योजनाका रुपमा व्याख्या गरेका छन् ।

शक्तिशाली पुल

यो पुलले ८ म्याग्निच्युडको भूकम्प, सुपर टाइफुन र कार्गो जहाजको टकरावलाई धान्न सक्ने बताइएको छ ।

४ लाख टन स्टील प्रयोग गरेर निर्माण गरिएको यो पुलमा सान फ्रान्सिस्कोको गोल्डन गेट पुलभन्दा ४.५ गुणा बढी स्टील प्रयोग गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप