शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कोहली र रोहितको उत्कृष्ट प्रदर्शनसँगै वेस्ट इन्डिजबिरुद्ध भारतको सहज जीत

सोमबार, ०५ कात्तिक २०७५, ०८ : ०९
सोमबार, ०५ कात्तिक २०७५

एजेन्सी । शिमरोन हेटमेयरले मात्र १३ औँ एकदिवसीय खेलमा तेस्रो शतक प्रहार गरे पनि त्यो त्यतिकै खेर गएको छ ।

फूल हाउस बासपारा क्रिकेट स्टेडियम गुवाहाटीमा विराट कोहली र रोहित शर्माले उत्कृष्ट ब्याटिङको नमुना प्रस्तुत गर्दा भारतले वेस्ट इन्डिजले प्रस्तुत गरेको ३ सय २३ रनको लक्ष्य मात्र ४२.१ ओभरमा २ विकेट गुमाएर पछ्यायो ।

कोहलीले ३६ औँ एकदिवसीय शतक बनाए, रन पछ्याउने क्रममा उनको २२ औँ शतक । उता, रोहितले पनि आफ्नो २० औँ शतक पूरा गरे । 

दुवैले मिलेर २ सय ४६ रनको साझेदारी गरे । उनीहरुको बीच यो १५ औँ शतकीय साझेदारी थियो भने २ सय रनभन्दा माथिको पाँचौँ ।

वेस्ट इन्डिजले प्रस्तुत गरेको लक्ष्य पछ्याउने क्रममा भारतले दोस्रो ओभरमा नै शिखर धवनलाई गुमाएको थियो ।

तर, त्यसपछि रोहित शर्मा र विराट कोहलीले रनको वर्षा गरे ।

प्लेयर अफ द म्याच बनेका कोहलीले मात्र १०७ बलमा २१ चौका र २ छक्का हिर्काउँदै १ सय ४० रन बनाए ।

उता, रोहित भने नटआउट रहँदै ८ छक्का र १४ चौकाको मद्दले १ सय ५२ रन बनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप