ताइवानमा रेल दुर्घटनाः १८ को मृत्यु, एक सय ७० घाइते
सोमबार, ०५ कात्तिक २०७५, ०७ : ४९
बीबीसी
ताइवानको उत्तर पूर्वी इलाकामा आइतबार भएको रेल दुर्घटनामा कम्तीमा १८ को मृत्यु भएको छ भने एक सय ७० घाइते भएका छन् ।
रेल अधिकारीका अनुसार ताइपेबाट टाइटंग गइरहेको रेल यिलान काउन्टी नजिकैको ट्र्याकबाट बाहिर निस्किएको थियो । आठ डब्बा भएको उक्त रेलमा तीन सय ६६ यात्री सवार थिए ।
ताइवाना नेता साइ इंग वेनले यसलाई ‘सबैभन्दा ठूलो दुर्घटना’ बताएका छन् ।
घटनाको कारणबारे अनुसन्धान भइरहेको रेल अधिकारीले जानकारी दिएका छन् ।
अधिकारीका अनुसार दुर्घटना ताइपेबाट करिब ७० किलोमिटर टाढा पुयूमा एक्सप्रेसमा भएको थियो ।
ताइवान रेल प्रशासनका उप–प्रमुख लू जी शेनले उक्त रेल ६ वर्ष पुरानो र दुर्घटनाअघि राम्रो कन्डिशनमा भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी