शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कसले पाउला ओपो नेपाल आइडलमा वाइल्ड कार्ड एन्ट्री ?

सोमबार, ०५ कात्तिक २०७५, ०७ : ४८
सोमबार, ०५ कात्तिक २०७५

काठमाडौं । ओपोद्वारा लगातार दोस्रो संस्करणका लागि प्रायोजित नेपालकै पहिलो अन्तर्राष्ट्रिय फ्राञ्चाइज्ड टीभी रियालिटी शो ओपो नेपाल आइडलको अहिले गाला राउण्ड चलिरहेको छ । 

शोले भरखरै आफ्ना दर्शकलाई वाइल्ड कार्ड एन्ट्रीको घोषणा गरेको छ । 

गत एपिसोडमा वाइल्ड कार्ड एण्ट्रिका लागि छनोट भएका ६ प्रतिस्पर्धीको सांगितिक प्रस्तुति मार्फत भोटका लागि अपिल गरिएको थियो । 

वाइल्डकार्ड एण्ट्रि पाएका ६ प्रतिस्पर्धी मध्ये सर्वाधिक भोट प्राप्त गर्ने प्रतिस्पर्धीले अब सिधै उत्कृष्ट १०मा प्रवेश पाउने छन् । 

उत्कृष्ट १० को घोषणा कार्तिक* ८ गतेको एपिसोडमा घोषणा गरिनेछ । 

ओपो नेपाल आइडल सिजन–२ युवाहरु र तिनमा पनि विशेषगरी संगीत प्रेमी माझ अत्यधिक लोकप्रिय प्रमाणित भइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप