बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

वडा कार्यालय बनाउन विद्यालय भत्काएको भन्दै सडकमा उत्रिए स्थानीय

सोमबार, ०५ कात्तिक २०७५, ०७ : ३४
सोमबार, ०५ कात्तिक २०७५

किरण कुमार कर्ण
 

जनकपुर । सडक विस्तारको नाममा एक विद्यालय नै भत्काएपछि स्थानीयवासी आक्रोशित बनेका छन् । 

सार्वजनिक विद्यालय भनव भत्काएको भन्दै जनकपुरमा स्थानीयले प्रदर्शन गरेका हुन् । 

आइतबार जनकपुरमा प्रदर्शन गर्दै आक्रोशित स्थानीयवासीले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ पनि गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक वीरेन्द्र यादवले वडा कार्यालय निर्माणको लागि सडकको जग्गा मिचेको आरोप लगाएका छन् ।

वडा नम्बर २१ का वडा अध्यक्ष प्रमेश्वर महासेठको प्रत्यक्ष निर्देशनमा विद्यालयको भवन र कम्पाउण्ड भत्काइएको थियो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. २१ कुर्था स्थित राजर्षि जनक उच्च माध्यमिक विद्यालयको कम्पाउन्ड र कक्षा कोठाको पर्खाल डोजर लगाएर भत्काएदेखि नै स्थानीय सोको विरोध गर्दै आइरहेका थिए ।

सोको विरोधमा कुर्थाबासीले जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, जनकपुर उपमहानगरपालिका २१ का वडाध्यक्ष रामेश्वर महासेठ लगायतको विरोधमा चर्का नाराबाजी गरेका थिए ।

विद्यालय घेरिएको कम्पाउण्ड र ६ वटा कक्षा कोठासमेत भत्काउँदा विद्यार्थीलाई पठन पाठन गर्न समस्या हुनुको साथै सडकमा गाडी गुड्दा धुलोले समेत विद्यार्थीलाई समेत स्वास्थ्यमा समस्या गर्ने गरेको प्रधानाध्यापक यादव बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप