दुई स्थानमा बस दुर्घटना, ६८ घाइते
दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा आज अपराह्न भएको बस दुर्घटनामा ३२ जना घाइते भएका छन् ।
लमजुङको बेँसीशहरबाट मुग्लिङतर्फ जाँदै गरेको ना४ख ७८४१ नंको बस अनियन्त्रित भई आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा सडकबाट १५ मिटर तल खसेको थियो ।
घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरुको छिम्केश्वरी अस्पताल आँबुखैरेनीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
बस पल्टिँदा ३६ यात्रु घाइते
मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गमा आज अपराह्न यात्रुवाहक बस पल्टिँदा बसमा सवार ३६ जना घाइते भएका छन् ।
काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको को १ ख ४५१७ नम्बरको बस आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
दुर्घटनामा घाइते भएका सबैको स्थानीय पथरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए ।
बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण