शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अपडेटः जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो, ८ घाइते

आइतबार, ०४ कात्तिक २०७५, ०८ : १९
आइतबार, ०४ कात्तिक २०७५

रामेछाप– रामेछाप नगरपालिका–१ गोगनेमा शनिबार साँझ भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । सो दुर्घटनामा अरु ८ जना घाइते छन् । 
घाइतेमध्ये ५ जनाको सैनिक अस्पताल छाउनी र ३ जनाको काठमाडौँ मैडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ ।

जिपमा सवार रामेछाप नगरपालिका–१ गोठगाँउका ४५ बर्षीय दुर्गा बहादुर कार्की र सोही स्थानकी ७५ बर्षीया ललिमाया कार्कीको घटनास्थलमै मृत्यु भएको थियो  भने  जीप चालक सोही ठाउँका २६ वर्षीय हेम बहादुर खत्रीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 
खत्रीको  उपचारको क्रममा धुलिखेल अस्पताल काभ्रेमा गएराती साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

शनिबार साँझ पौंने ६ बजे रामेछापकै सालुबाट गोठपानीतर्फ जाँदै गरेको ना १ ज ४८ १२ नम्बरको जिप सडकबाट अन्दाजी २५० मिटर तल खसेर दुर्घटना भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप