बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

करेन्ट लागेर बालकको मृत्यु

आइतबार, ०४ कात्तिक २०७५, ०७ : ४९
आइतबार, ०४ कात्तिक २०७५

राजविराज–सप्तरीको राजगढ गाउँपालिका–३ कट्टीमा करेन्ट लागेर शनिबार साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १४ वर्षीय उमेशकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । 

आफ्नै फूलबारीमा पानी तान्ने मोटर चलाउने क्रममा उनलाई करेन्ट लागेको थियो । 
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गरे पनि उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप