शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

म्यानचेस्टर सिटी र लिभरपुल विजयी, चेल्सी र म्यान्चेस्टर युनाइटेड बराबरी

आइतबार, ०४ कात्तिक २०७५, ०१ : २१
आइतबार, ०४ कात्तिक २०७५

काठमाडाैं-इंग्लिस प्रिमियर लिग अन्तर्गत नवौँ चरणको खेलसम्म म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सी अपराजित रहेका छन् । यी तीन क्लब क्रमश: पहिलो, दोश्रो र तेश्रो स्थानमा रहेका छन् । 

म्यानचेस्टर सिटी र लिभरपुलले आआफ्ना प्रतिद्वन्दीमाथि विजय हासिल गरे भने चेल्सीले म्यान्चेस्टर युनाइटेडसँग २-२ को बराबरी खेलेको छ ।  

म्यानचेस्टर सिटीले तेह्रौँ स्थानको बर्नलेमाथि ५-० को शानदार जित हासिल गरेको हो । सिटीको जितमा सर्जियो अग्गेरो (१७), बर्नान्डो सिल्भा (५४), फर्नान्डिन्हो (५६), महरेज (८३) र सानेले (९०) मिनेटमा गोल गरेका हुन् । 

लिभरपुल भने मोहम्मद सलाहले २४ सौं मिनेटमा गरेका एकमात्र गोलको मद्दतले रेलिगेशन जोनमा रहेको हडेर्सफिल्ड टाउन माथि विजयी बनेको हो । 

यसअघि भएको निकै प्रतिस्पर्धात्मक खेलमा चेल्सीका रस बार्कलीले दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै नवौँ स्थानको म्यान्चेस्टर युनाइटेडसँगको खेल बराबरीमा ल्याएका थिए ।
चेल्सीका लागि एन्टोनियो रुडिगरले २१औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । 

युनाइटेडले दोस्रो हाफमा पुनरागमन गर्ने सफल रह्यो । एन्थोनी मार्सियलले ५५ औँ मिनेटमा बराबरी गोल फर्काए । 

खेलको ७३औं मिनेटमा युनाइटेडका लागि मार्टिएलले नै गोल गरेर चेल्सीविरुद्ध २–१ को अग्रता दिलाएका थिए । तर, खेलको ९६औं मिनेटमा चेल्सीका लागि रोस बार्केलीले गोल गर्दा चेल्सी हारबाट जोगियो । 

बराबरी गोलपछि चेल्सीका सहायक प्रशिक्षकले युनाइटेडको बेन्च अगाडि खुसीयाली मनाउँदा केहीबेर तनावको स्थिति उत्पन्न भएको थियो । त्यो कार्यबाट उत्तेजित युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्हो उनीमाथि जाइलागेका थिए । यस घटनाबारे एफएमले छुट्टै छानबिन गर्ने सम्भावना छ ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप