न्यून दृष्टियुक्त व्यक्तिलाई मासिक दुई हजार
बेत्रावती । नुवाकोट विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले एक अशक्त व्यक्तिलाई मासिक रु दुई हजारका दरले रु ३० हजार उपलब्ध गराएको छ ।
आफू प्रमुख पदमा निर्वाचित भएर शपथ लिएपछि राज्यबाट जनप्रतिनिधिको हैसियतमा प्राप्त सुविधाबाट उनले विदुर नगरपालिका–९ लामाटारका न्यून दृष्टियुक्त व्यक्ति (दुवै आँखा नदेख्ने) कृष्णबहादुर नेपालीलाई उक्त रकम उपलब्ध गराएका हुन् ।
‘यो सेवा आफू जनप्रतिनिधि रहुञ्जेल राज्यबाट प्राप्त हुने सुविधाबाट कटौती गरी प्रदान गर्ने भनेर जनाएको प्रतिबद्धता कार्यान्वयनमा ल्याएको छु’, प्रमुख पण्डितले भने, ‘अब निरन्तर मासिकरुपमा रकम उपलब्ध गराउनेछु ।
जग्गा तथा सम्पत्ति केही नभएको नेपालीले वृद्ध बुवा र शारीरिकरुपमा अशक्त श्रीमतीको पालनपोषण गर्दै आएका छन् ।
‘सामाजिक सुरक्षा भत्ताबाट आउने पैसाले परिवार पाल्न गाह्रो थियो’, नेपालीले भने, ‘प्रमुखले दिनुभएको पैसाले चामल किन्न पुग्ने भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लेनिन’ मार्फत ठुलो पर्दामा फर्किँदै अभिनेता अखिल अक्किनेनी
-
१० मध्ये पाँच अफ्रिकी टोली कसरी विश्वकपबाट बाहिरिए ?
-
इंग्ल्यान्डको पुनरागमन: के जलपान विश्रामकै कमाल थियो त ?
-
ठोस सहमति बिनै टुङ्गियो अमेरिका–इरान वार्ता
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण