केन्द्रीय संस्करण

भविश्य सुरक्षित नभएपछि खेल छोड्न बाध्यः मुख्यमन्त्री राउत

person access_timeकात्तिक ३, २०७५ chat_bubble_outline0
file photo

पर्सा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले खेलकूदको विकासका लागि राज्यले आवश्यक लगानी नगर्दा प्रतिभावान खेलाडीसमेत खेल जीवनबाट पलायन हुन बाध्य भएको बताएका छन् । 

पर्साको जिराभवानी गाउँपालिकामा आजदेखि शुरु भएको छैटौँ परसावा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले भने, ‘खेलकूदमा लागेका युवा र तिनका आश्रित परिवारको भविष्यको सुनिश्चित नभएका कारण अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गर्ने प्रतिभा भएका खेलाडी बाध्य भएर खेलजीवन त्याग्ने गरेको छ ।’ 

यसैगरी मुख्यमन्त्री राउतले आजै सखुवाप्रसौनी गाउँपालिकामा सञ्चालित भलिबल प्रतियोगिताको समापन अवसरमा बोल्दै आउँदो तिहार भित्रै करार विधेयक ल्याउन प्रदेश सरकार तयारी गरिरहेको जानकारी दिए । 

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ