शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकाले दुई तिहाईको दम्भ देखाएको छैन, राष्ट्र निर्माणमा सबै मिलेर अघि बढ्नुपर्छ : शर्मा

शनिबार, ०३ कात्तिक २०७५, १८ : ०२
शनिबार, ०३ कात्तिक २०७५

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता दिनानाथ शर्माले सरकारलाई खबरदारी गर्ने प्रतिपक्षी दलको धर्म भएकोले राष्ट्रिय विकास निर्माणको काममा सँगसँगै मिलेर अघि बढ्नुपर्ने बताए । 

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दे उनले भने, ‘वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाएको छैन्। सरकार गठन भएको भर्खरै ७ महिना भएको छ । हिजो विगतमा दुई तिहाईको दम्भ देखाएर विपीको सरकार पनि ढलेको होईन् । पार्टीभित्रकै अलोकतान्त्रिक गतिविधिका कारण विपीको सरकार ढलेको हो ।’

नेपालको लोकतान्त्रिक आन्दोलनमा आफूहरुले सँगै लडेको सुनाउँदै शर्माले आगामी दिनमा पनि मिलेर अघि बढ्नुपर्ने धारणा राखे । कालाबजारी र सामाजिक असुरक्षाका विषयमा सबै दलहरु एकजुट भएर अघि बढ्नुपर्ने पनि उनले धारणा राखे । 

उनले भने, ‘सरकार परिवर्तन भयो भने कालाबजारीहरु हामी राजनीतिक दलकै संरक्षणमा टाउको उठाउँछन् । हिजो ०४७ सालमा भएको पनि त्यही हो । हामी सबै कालाबजारी, सामाजिक असुरक्षा र भ्रष्टाचारीको विरुद्धमा लड्नुपर्छ । जसले भ्रष्टाचार गरेका छन्, कर्मचारी पनि पक्राउ परेका छन् । अरु पनि पक्राउ परेका छन् । ती कसको झण्डामुनि पक्रिएका छन् ? भनेर हामी सम्पूर्ण राजनीतिक दलहरुले आत्मसमिक्षा गर्नुपर्छ । भ्रष्टाचारका विरुद्ध सत्तापक्ष र प्रतिपक्ष सबै एक ढिक्का भएर लड्नुपर्छ ।’

भ्रष्टाचारीहरुप्रति अब सबै दल अनुदार बन्नुपर्ने उनको धारणा छ । उनले राष्ट्रिय गौरवको आयोजना निर्माण गर्ने विषयमा कसैले विरोध गर्न नहुने उनले बताए । उनले भने,‘यो ७० वर्षको अवधिमा उर्जामा हामीले कति विकास गर्यौं ? अब समिक्षा गरौं । लायक भनेपनि हामी नैं हौं । नालायक भनेपनि हामी नै हौं ।’ सरकारको बारेमा आलोचना र विरोध गरेरमात्रै विकार र समृद्धि नहुने उनले जिकिर गरे ।

फरक प्रसँगमा उनले मधेशको मुद्दा सम्बोधन गर्न आफूहरु तयार रहेको विश्वास दिलाए । उनले भने,‘संविधान संशोधन गर्नैपर्छ । राष्ट्रिय सहमति कायम गरेर संशोधन गर्नुपर्छ । यसमा एकरुपता कायम गर्नुपर्छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप