बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षकले आफ्नो जागिरे मानसिकता त्याग्नुपर्छः शिक्षामन्त्री पोखरेल

शनिबार, ०३ कात्तिक २०७५, १७ : २१
शनिबार, ०३ कात्तिक २०७५

जनकपुुरधाम । शिक्षा विज्ञान तथा प्रविधीमन्त्री गिरिराजमणी पोखरेलले शिक्षामा आमुल परिवर्तनको आवश्यकता रहेको बताएका छन् । शनिबार महोत्तरी जिल्लाको गौशालामा भएको एक कार्यक्रममा उनले शिक्षाले उत्पादन मात्रै गर्ने गरेकोले यसलाई परिमार्जन जरुरी रहेको बताए । 

उनले शिक्षालयको रुपमा रहेको विश्वविद्यालय अर्थात उद्योगको नीति नै त्रुटिपूर्ण रहेको बताएका छन् । उनले कमजोर विद्यार्थीलाई शिक्षण पेशामा संलग्न गराउने तथा भर्ना लिने विश्वविद्यालयको नीतिलाई नै परिवर्तन गरेर शिक्षामा आमूल परिवर्तनको आवश्यकता रहेको बताए ।

गौशाला नगरपालिकामा आयोजित उच्च शिक्षा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले भने, ‘शिक्षक शिक्षणकला महत्वपूर्ण पाटो भएकोले शिक्षकले आफ्नो जागिरे मानसिकता त्यागेर शिक्षण पेशालाई अँगाल्न जरुरी रहेको छ । जसरी राजनीति आन्दोलनबाट देशमा आमूल परिवर्तन भयो, सोही अनुरुप शिक्षणमा समेत शिक्षा आन्दोलनबाट आमूल परिवर्तनको आवश्यकता रहेको छ ।’

शिक्षाको पुरानो शिक्षा पद्धतिलाई पनि भत्काएर नयाँ शिक्षण पद्धति अगाँल्नुपर्ने बेला आईसकेकाले देशमा ७ लाख शिक्षण पेशाको लाईसेन्स लिएर बसेकालाई समायोजन नुहुनुजेलसम्मका लागि शिक्षा शास्त्रको अध्ययन अध्यापन रोक्नुपर्ने मन्त्री पोखरेलको भनाई थियो । 

उनले सामुदायिक स्कुलबाट कलेजलाई झिक्नुपर्ने खाका अघि बढिसकेको जानकारी गराउँदै सामुदायिक विद्यालय रुपान्तरणका लागि शिक्षकले (मास्टर)ले मात्रै पढाएर हुँदैन, घर, परिवार तथा अभिभावकले समेत ध्यान दिनुपर्नेमा जोड दिए ।

शिक्षामन्त्री पोखरेलले भने, ‘शिक्षा संकायको पढाइ अहिलेलाई रोकौं, शिक्षण पेशाको जनशक्ति धैरै भयो, शिक्षक उत्पादन धेरै भयो, अब प्रावधिक शिक्षामा जोड दिउँ ।’ हरेक बिद्यार्थीले प्लस २ पढाइ सकिँदा अनिवार्य एउटा सीप सिकेर विद्यालय शिक्षा सिकाउनु पर्नेगरि शिक्षामा रुपान्तरण गर्नुपर्ने उनको भनाइ थियो । 

प्राविधिक शिक्षा कालोपाटीमा पढाएर हुँदैन, प्राविधिक शिक्षालाई टेक्नोलोजीको विकास क्रमको गतिमा लैजानुपर्छ । अहिले देशभर ७ लाख शैक्षिक लाईसेन्सधारीहरु शिक्षक रहेको बताउँदै उनले भने, ‘शिक्षा संकायमै त्रुटि रहेको र, अहिले यसलाइ केही समयको लागि बन्द गरौं ।’

गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतोको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षामन्त्री पोखरेलले श्रमलाई सीप, सिपलाइ उत्पादन र उत्पादनलाई समृद्धिसँग जोड्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप