शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

करेन्ट लागेर चितवन र मोरङमा दुई जनाको मृत्यु

शनिबार, ०३ कात्तिक २०७५, १७ : ०६
शनिबार, ०३ कात्तिक २०७५

काठमाडौं । चितवन र मोरङमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । चितवन राप्ती नगरपालिका–११ बुढेबास बस्ने २७ वर्षीय टेकबहादुर चेपाङको करेन्ट लागेर शुक्रबार मृत्यु भएको छ । 

दशैंको लागि घरको साउण्डबक्समा बिजुली जोड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका चेपाङलाई उपचारको लागि भरतपुर अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको हो । 

त्यस्तै मोरङ बेलबारी नगरपालिका–९ डेरा गरी बस्ने तुमकागाउँ आमदाङ भारतका ३६ वर्षीय बिफल मण्डलको करेण्ट लागेर शनिबार मृत्यु भएको हो । 

टिभिमा जोडिएको केवल तार छुटाउन जाँदा विद्युत सर्ट भई करेण्ट लागेर गम्भीर घाइते भएका मण्डलको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।                          
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप