बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

नक्कली नोट सहित पक्राउ

शनिबार, ०३ कात्तिक २०७५, १७ : ०५
शनिबार, ०३ कात्तिक २०७५

काठमाडौं -१ हजार दरका नक्कली नेपाली नोट २९ हजार रुपैयाँ सहित शुक्रबार प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 
कागेश्वरी मनहरा नगरपालिका-११ बस्ने २५ वर्षीय शाहिल थापा र सोही ठाउँ बस्ने २९ वर्षीय विकास दोक्चे महर्जनलाई प्रहरीले पक्राउ गरेकाे हाे । 

काठमाडौं महानगरपालिका-७ चाबहिल चोकमा जाँच गर्ने क्रममा बा.४५ प ८०६६ नम्बरको स्कुटर चालक शाहिल र स्कुटरमा सवार विकासको साथमा उक्त नक्कली नोट फेला परेपछि महानगरीय प्रहरी वृत गौशालाको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे  छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप