पाँच जना मृत अवस्थामा फेला
काठमाडौं । काठमाडौं, काभ्रे, दार्चुला, सिन्धुली र पर्साका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं टोखा नगरपालिका–१० सामाखुसीस्थित प्रतीक्षालयमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै काभ्रे भुम्लु गाउँपालिका–८ सुनकोशीको बगरमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको शुक्रबार शव फेला परेको हो ।
यस्तै दार्चुला शैलेशिखर नगरपालिका–६ पनिवाज बस्ने ४५ वर्षीय दानसिंह धामी सोही ठाउँस्थित साटी पातली जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
सिन्धुली सुनकोशी गाउँपालिका–४ लखनपुर बस्ने ५० वर्षीया अनुमाया रानामगर सोही ठाउँस्थित पाखोमा शुक्रबार मृत अवस्थामा फेला परेकी हुन् ।
पर्सा वीरगंज महानगरपालिका–१३ राधेमाईस्थित कल्भर्टमुनी सोही ठाउँ बस्ने ६० वर्षीय बिगा चौधरी शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ