बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मन्दिर निर्माणका लागि २५ लाख सहयोग

शनिबार, ०३ कात्तिक २०७५, १४ : ३३
शनिबार, ०३ कात्तिक २०७५

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्भावना युक्त ताकमकोतस्थित जगन्नाथ मन्दिर पुनःनिर्माणका लागि समुदाय स्तरबाट रु २५ लाखभन्दा बढी सहयोग जुटेको छ । 

पाँच सय वर्ष पुरानो ताकमकोतको पुनःनिर्माणका लागि सञ्चालित अभियानमा चन्दा सहयोग गर्ने हालसम्मका सहयोग दातालाई महानवमी पर्वको अवसरमा सम्मान गरिएको थियो । हालसम्म स्वदेश तथा बिदेशमा करिब रु। २५ लाख सहयोग घोषणा भएको वडा अध्यक्ष कलानिधि सुवेदीले बताए । 

अभियानमा धारापानीका नरबहादुर थापाले हालसम्म सबैभन्दा बढी रु तीन लाख ५५ हजार ५५५ सहयोग गरेका छन् । 
प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाले चन्दादातालाई सम्मान पछि आयोजित कार्यक्रममा ताकमकोतलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न संघीय र प्रदेश सरकारबाट बजेट व्यवस्थापन गराउन पहल गर्ने बताए । 

ऐतिहासिक संरचनालाई असर नगर्ने गरी कोतको जगन्नाथ मन्दिर पुनःनिर्माणका लागि रु। असी लाख लागत अनुमान गरिएको पुनःनिर्माण समितिका सहसचिव तेजेन्द्र थापाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप