प्रहरी महानिरीक्षक खनालबाट विजयादशमीको टीका प्रदान
काठमाडौं–प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा हरेक वर्षझैं उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा प्रहरी जवानहरु, पूर्व प्रहरी कर्मचारीहरु एवम् प्रहरी परिवारलाई बिजयादशमी २०७५ का अवसरमा शनिबार टीका लगाइदिएका छन् ।
बिजयादशमीका अवसरमा टीका ग्रहण गर्ने सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरु, पूर्व प्रहरी कर्मचारीहरु एवम् प्रहरी परिवारलाई प्रहरी महानिरीक्षक खनालले सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गरे ।
साथै सोही अवसरमा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष प्रमीला खनालले समेत सो संघका पदाधिकारी एवम् सदस्यहरु तथा प्रहरी परिवारहरुलाई बिजयादशमीको टीका लगाइदिइन् ।
उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्कर कार्की र धिरु बस्न्यातले समेत उपस्थित प्रहरी अधिकृत तथा जवानहरु एवम् प्रहरी परिवारलाई टीका लगाइदिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा