शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारमा टीकाको चटारो, एकादशीको दिन प्रधानमन्त्रीले लगाइदिए एचआइभी संक्रमित बालबालिकालाई टीका

शनिबार, ०३ कात्तिक २०७५, १३ : ५०
शनिबार, ०३ कात्तिक २०७५

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्यले  एचआइभी संक्रमित बालबालिकालाई टीका लगाइदिएका छन् । आज एकादशीको दिन प्रधानमन्त्री र शाक्यले ती बालबालिकालाई टीका लगाइदिएका हुन् । 

 शिक्षा सदन किर्तिपुर भत्केपाटीमा अध्ययनरत २३ जना बालबालिकालाई आज प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुले सामुहिक टिका लगाइ लिएको सचिवालयले जनाएको छ । 

सो अवसरमा बालबालिकाहरुले गायन लगायत विभिन्न विधाका कलाहरु प्रस्तुत गरेका थिए । प्रधानमन्त्री ओलीले बालबालिकाको अध्ययनको अवस्था,उनीहरुका आवश्यकताका बारेमा विद्यालयका शिक्षहरुसँग चासो समेत राखेका थिए । 
यसअघि हिजो दिनभर ओलीले सर्वसाधारणलाई विभिन्न व्यक्तित्वलाई टीका लगाइदिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप