बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फुटबल खेलाडीहरुलाई युएईमा सम्मान

शनिबार, ०७ साउन २०७४, १७ : २४
शनिबार, ०७ साउन २०७४

बिनोद श्रेष्ठ

युएई– नेपाली समाज युएईले फुटबल खेलाडीहरुलाई सम्मान गरेको छ । एएफसी यू–२३ च्याम्पियनसीपको छनोट चरणको खेलमा सहभागी हुन आएका नेपाली खेलाडी एवं प्रशिक्षकलाई गत अलऐनमा सम्मान गरेको हो । 

सम्मान कार्यक्रममा युएईका सफल ब्यावसायी एवं हामी नेपाली एसोसिएसनका अध्यक्ष डा. दिनेश आचार्यले प्रति खेलाडी दश हजार प्रदान गरे । 

कार्यक्रममा बोल्दै नेपाली टिमका प्रशिक्षक राजु काजि शाक्यले खेलाडीलाई सम्मान गर्नुहुने नेपाली समाज युएई लगाएत सबै संघसंस्थालाई धन्यबाद दिदै  क्लबहरुसंग समन्वय गरेर मैत्री पूर्णखेल खेल्न आवश्यक पहल गरिदिनु हुन आग्रह गरे । उनले आगामी दिनमा टिमलाई अझ बलियो बनाउदै उत्कृष्ट खेल प्रस्तुत गर्नै प्रतिबद्धता ब्यक्त गरे । 

ब्यावसायी अध्यक्ष डा. आचार्यले लामो प्रयासपछि युएईमा  नेपाली एसोसिएसन दर्ता भएको र छिट्टै नै युएईमा नेपाल महोत्सब गराई नेपाली खेलाडीहरुलाई युएई ल्याउने बताए।

तामाङ समाज युएई, मितेरी समाज युएई र अन्तराष्ट्रिय कलकाकर समाज युएईले पनि खेलाडीहरुलाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गरेका थिए । 

नेपाली समाज युएईका संयोजक गोबिन्द ढकालको संयोजनमा भएको उक्त कार्यक्रममा नेपाली समाज युएईका निबर्तमान अध्यक्ष चन्द्रप्रसाद सापकोटा, ब्यावसायी एकेन्द्र थापा, नेपाली सोसियल क्लबका अध्यक्ष शालिक सुबेदी, समाजसेवी मनोज गोर्खाली लगायत अन्य संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाली समाज युएईका निबर्तमान महासचिव मणि भुर्तेलले संचालन गरेका थिए ।

२०१८ मा चीनमा हुन गइरहेका एएफसी यू २३ च्याम्पियनसिपको छनोट खेलमा सहभागी हुन युएई आएका नेपाली टिमले अन्तत आयोजक टिम युएई, उज्वेकिस्तान र लेबनानसँग क्रमशः ५–०,२–०,२–० को पराजयसँगै एएफसी यु २३ च्याम्पियनसिपको छनोट चरणबाट बाहिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप