शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

साथीभाई भेट्न हिँडेका स्रमाट दशैंको टिका दिन बेपत्ता

शनिबार, ०३ कात्तिक २०७५, ०९ : ०७
शनिबार, ०३ कात्तिक २०७५

काभ्रे । पाँचखाल नगरपालिका–६ तीनपिप्लेका पत्रकार ईश्वरी राजकुमार मैनालीका १४ वर्षीय छोरा सम्राट बडादशैं (टिका दिन) शुक्रबार बिहान १० बजेदेखि बेपत्ता भएका छन् । 

सम्राट बिहान ढङ्गुगानाबेँसीस्थित नभप्रतिभा बोर्डिङ स्कूलमा साथीभाइ भेट्न गएकामा १० बजेसम्म पनि नआएपछि खोजबिन गर्दा कतै नभेटिएको मैनालीले बताए । 

स्थानीय प्रभातफेरी साप्ताहिकका सम्पादक रहेका मैनालीले भने, ‘बिहान साथी भेट्न हिँडेको छोरा टीकाको साइत भइसक्दा पनि नआउँदा खोजबिन ग¥यौँ अहिलेसम्म कतै भेटिएन ।’ सम्राट नभप्रतिभा बोर्डिङ स्कूलमा कक्षा ६ मा अध्ययनरत छन् । 

जिल्ला प्रहरी कार्यालयले सम्राटको खोजीका लागि आज बिहानैदेखि प्रहरी पलिचालन गरिएको जनाएको छ । प्रहरी नायब उपरीक्षक दीपक गिरीले भने, ‘मातहतका सबै निकायमा सूचना गरी खोजतलास शुरु गरिसक्यौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप