बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एक दिनमा एक किलो तौल कम गर्ने यस्ताे छ डाइट प्लान

शुक्रबार, ०२ कात्तिक २०७५, २० : ५०
शुक्रबार, ०२ कात्तिक २०७५

भारतका आयुर्वेदिक एक्सपर्ट र १० वटाभन्दा बढी स्वास्थ्यसम्बन्धि किताब लेखिसकेका डा. अबरार मुल्तानीले यस्तो डाइट प्लानबारे जानकारी दिएका छन् जसले तपाईं एक दिनमा एक किलो भन्दा बढी तौल घटाउन सक्नुहुन्छ । यो डाइट प्लानमा तपाईंले दुईवटा खानेकुरा खानुपर्छ । पनिर र अण्डा । यसका साथै ग्रिन टी पनि पिउनसक्नुहुन्छ । यो निकै सजिलो डाइट प्लान हो जसलाई जसले पनि फलो गर्न सक्छन् । यो डाइट प्लानमा भोको पनि बस्नुपर्दैन ।

डा. मुल्तानीका अनुसार यो एक हाई प्रोटिन र लो फ्याट कार्ब डाइट प्लान हो जसका कारण यसले शरिरको अतिरिक्त बोसो पगाल्न सहयोग गर्दछ ।

यो डाइटमा खाएका खानेकुरालाई पचाउन पनि शरिरको क्यालोरी खर्च हुन्छ जसले तौल कम गर्दछ ।

यदि तपाईंको पाचन क्रिया ठिक छ भने यो डाइटले तपाईंको १ देखि १.५ किलो तौल एकैदिनमा कम गरिदिन्छ ।

यो डाइटलाई महिनामा दुईपटक मात्र अनुसरण गर्न सकिन्छ ।

याद रहोस्, सय ग्राम पनिरमा २ सय ६५ क्यालोरी हुन्छ र एउटा अण्डामा ७५ ।

यदि तपाईंलाई कुनै स्वास्थ्य समस्या छ भने यो डाइट प्लान फलो नगर्नुहोस् ।

ब्रेकफास्टः

ब्रेकफास्टमा तपाईंले दुई सय ग्राम पनिर खानुहोस् । काँचो पनिरलाई स्लाइस गरेर काट्नुहोस् र त्यसमा बिरे नुन, कागती र मरिच हालेर खानुहोस् । साथै तपाईंले ग्रिन टी पनि खानुपर्छ । यदि चाहनुहुन्छ भने कालो चिया पनि पिउन सक्नुहुन्छ ।

लञ्चः

लञ्चमा तपाईंले तीनवटा उमालेको अण्डा खानुपर्छ । यसलाई अचार वा नुनसँग खान सकिन्छ । योसँग पनि तपाईंले ग्रिन टी वा कालो चिया पिउनसक्नुहुन्छ ।

साँझको ब्रेकफास्टः

साँझको ब्रेकफास्टमा चिया र ब्रेकफास्टमा जति पनिर खानुभएको थियो त्यती नै खानुहोस् । तपाईंले पनिरको साटो टोफू पनि खानसक्नुहुन्छ । यसलाई पनि तपाईं अचार वा नुन मिसाएर खान सक्नुहुन्छ ।

डिनरः

डिनरमा पुनः तीनवटा उमालेको अण्डा खानुहोस् । यदि तपाईंलाई डाइट फलो गर्दा भोक लाग्यो भने तपाईं गोलभेडा र काँक्रोको सलाद पनि खान सक्नुहुन्छ ।

अर्काइभबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप