शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कफी पिउनुका तीन फाइदा जुन तपाईंले जान्नै पर्छ

शुक्रबार, ०२ कात्तिक २०७५, १९ : ५८
शुक्रबार, ०२ कात्तिक २०७५

कफीले स्वास्थ्यलाई पुर्याउने फाइदाबारे विभिन्न अनुुसन्धानले पुष्टि गरिसकेको छ ।

संसारमा यस्ता धेरै मानिस छन् जो एक कप कफी नपिई आफ्नो दिनको सुरुवात गर्न सक्दैनन् ।

यस्ता व्यक्तिहरुका अनुसार कफीले उनीहरुको ‘डेली प्रोडक्टिभीटी’ अर्थात् आफ्नो दैनिकको उत्पादकत्व क्षमतामा विशेष प्रभाव पार्ने गर्दछ ।

कफी सप ठूला शहरमा मात्र नभई स–साना शहरमा पनि निकै चलनचल्तीमा छ ।  

कफी सपमा साथीहरु, पत्रकार, साहित्यकार, कलाकार र बेरोजगारहरुको समूह जम्मा हुने गर्छन् । यो अहिलेको मात्र नभई निकै पुरानो प्रचलन हो ।

यद्यपी, कफीका यी सामाजिक मेलमिलापको फाइदाबारे त हामी सबैलाई थाहा छ । तर यो स्वास्थ्यका लागि कति फाइदाजनक छ ? यसबारे निकै कम मानिसहरु तथ्यको आधारमा चर्चा गर्दछन् ।

कफी फाइदाजनक ! मिथ वा वास्तविकता ?

दिनमा तीनदेखि चार कप कफी पिउनु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । अनुसन्धानकर्ताका अनुसार दुध र चीनि नहालिएको कफी पिउनु, सबैभन्दा उत्तम हो । कफीसँगै भारी स्न्याक्सको सेवन गर्दा यसले कफीको असरलाई कम गर्दछ ।

यस्तोमा बीबीसी फ्युचरको समूहले कफीसँग जोडिएका विभिन्न दाबी मिथ हुन् वा वास्तविकता भन्ने बारे जान्न खोजेको छ ।

लण्डन युनिभर्सिटी कलेजको साइन्स एण्ड टेक्नोलोजी डिपार्टमेन्टले कफीको असरमाथि एक प्रकारको नोट तयार गरेको छ । कफी तपाईंको शरिरका लागि कसरी फाइदाजनक छ भन्ने बारे थाहा पाऔंः

– नियमित रुपमा कफी पिउँदा टाइप–टु डायबिटीजको खतरा निकै कम हुन्छ ।

सबैभन्दा ताजा रिपोर्टलाई विश्वास गर्ने हो भने कफीको हरेक कपले तपाईंको मधुमेहको खतरालाई ७ प्रतिशतसम्म कम गर्ने गर्दछ ।

– कफीमा पाइने क्याफिनले पार्किन्सन्सको रोग रोक्न सहयोग गर्दछ ।

यद्यपी, अहिलेसम्म यो फाइदालाई जानकारले पक्का रुपमा कफीको लाभमा समावेश गर्दैनन् ।

– कफी पिउँदा कलेजोको क्यान्सरको खतरा केही हदसम्म कम हुने गर्दछ ।

अन्य प्रकारका क्यान्सरमा कफीले कस्तो प्रभाव पार्छ त्यसबारे भने अहिले नै पक्का रुपमा भनिएको छैन ।

हुन त कफी स्वास्थ्यका लागि हरेक स्थितीमा राम्रो नै हुनुपर्छ भन्ने जरुरी छैन ।

जस्तै, केही अनुसन्धानले यो पनि बताउँछ कि यदि तपाईं नियमित रुपमा कफीको सेवन गर्नुहुन्न भने कफी पिएको एक घण्टाभित्र तपाईंलाई हृदयघात हुने खतरा धेरै हुन्छ ।

यद्यपी, यो अनुसन्धानले कफी पिउनेहरु कफी नपिउनेको तुलनामा धेरै वर्ष बाँच्ने स्पष्ट रुपमा बताएको छ ।

त्यसकारण यो भन्न सकिन्छ कि कफीले तपाईंलाई ‘फ्रेश’ बनाउने मात्र होइन, यो तपाईंको स्वास्थ्यका लागि फाइदाजनक पनि छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप