राती सुत्नुअघि खानुहोस् नरिवलको एक टुक्रा, शरिरलाई यस्ता सात फाइदा
नरिवलको प्रयोग सामान्यतया पूजा पाठमा हुने गर्दछ । तर तपाईंलाई थाहा छैन होला नरिवलको एक टुक्राले शरिरलाई कस्ता फाइदा पुर्याउँछन् । यसले शरिरको रोग प्रतिरोधी क्षमता वृद्धि गर्नुका साथै स्मरण शक्ति बढाउँछ । लण्डनबाट पीएचडी गरेकी भोपालकी गिताञ्जली शर्माले यसका अन्य फाइदाबारे जानकारी दिएकी छिन् ।
डाक्टर शर्माका अनुसार नरिवल भिटामिन, मिनरल्स, कार्बोहाइड्रेट र प्रोटिनको राम्रो स्रोत हो । गर्मीमा यसले शरिरलाई शितलता प्रदान गर्छ । काँचो नरिवलमा पानीको मात्रा पनि हुन्छ त्यसकारण शरिरलाई हाइड्रेट गर्दछ । यसले कपाल र छालालाई स्वस्थ बनाउँछ ।
यदि तपाईंलाई कब्जियतको समस्या छ भने नरिवलको एउटा ठूलो टुक्रालाई खाएर सुत्नुहोस् । बिहान तपाईंको पेट सफा हुन्छ । यसमा फाइबर पाइने भएकाले पेट सफा गर्दछ ।
जसलाई गर्मीमा नाकबाट रगत आउँछ, उनीहरुका लागि यो औषधीजस्तै हो । यसलाई मिश्रीसँग खाँदा नाकबाट रगत आउने समस्या समाधान हुन्छ ।
यदि कसैलाई बान्ता आइरहेको छ भने नरिवलको टुक्रा मुखमा राखेर केही बेरसम्म चपाउँदा रोकिन्छ ।
साथै, नरिवलमा गुड कोलेस्ट्रोल पाइन्छ जसले मुटुलाई स्वस्थ राख्न सहयोग गर्दछ ।
यो एक एन्टिबायोटिक हो, यसले हरेक प्रकारको एलर्जी हटाउन सहयोग गर्दछ ।
नरिवलको तेल राम्रो सनस्क्रिन हो । घाममा निस्कनु अघि यसलाई छालामा लगाएर निस्कनुहोस् ।
डण्डिफोरबाट राहत पाउनका लागि घिरौंलाको रसमा नरिवलको पानी मिसाएर अनुहारमा लगाउनुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक स्थायित्वका लागि सघाउने प्रतिबद्धता
-
सत्ता गठबन्धनमा कुनै समस्या छैन : रवि लामिछाने
-
जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी
-
बौद्धबाट पेस्तोलसहित एकजना युवक पक्राउ
-
सामाजिक सञ्जालमा स्वास्थ्य बिमाको भ्रामक विज्ञापन गर्नेलाई कारबाही
-
सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न परिषद्लाई मन्त्री चौधरीको निर्देशन