शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुनकोशी किनारमा मृत फेला

शुक्रबार, ०२ कात्तिक २०७५, १९ : ३६
शुक्रबार, ०२ कात्तिक २०७५

काभ्रे- काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित सुनकोशी नदीमा आज दिउँसो एक अज्ञात पुरुष मृत फेला परेका छन् । 

अन्दाजी ३०÷३५ वर्षका देखिने पुरुषको शव फेला परेको दोलालघाट प्रहरी चौकीका हवल्दार सुरेश चौधरीले बताए । उनका अनुसार सुनकोशी नदीको छेउमा ढुङ्गामा अड्किइ सडेगलेको र क्षतविक्षत अवस्थामा भेटिएको उक्त शवको पहिचान खुल्न सकेको छैन । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप