बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तालिबानद्वारा कान्दाहार प्रहरी प्रमुखको हत्या

शुक्रबार, ०२ कात्तिक २०७५, १८ : ३२
शुक्रबार, ०२ कात्तिक २०७५

कान्दाहार-अफगानिस्तानमा हत्या, हिंसा चलाइरहेका तालिबानले अफगानिस्तानको कान्दाहार प्रान्तका प्रान्तीय प्रहरी प्रमुखको हत्या गरेका छन् । 

उनीहरुले निकै शक्तिशाली र ठूलो हातहतियारले सुसज्जित प्रहरी प्रमुखको कार्यालयमा नै उनीहरुले आक्रमण गरेका थिए । त्यस आक्रमणमा परी कान्दाहारका प्रहरी प्रमुख जनरल अब्दुल राजिकको हत्या गरेका हुन् । 

त्यस आक्रमणमा परी अरु दुई जना प्रहरी अधिकृत पनि मारिएका छन् । उनीहरुको भने परिचय खुलाइएको छैन । 

बिहीबार बिहानै ठूलो सङ्ख्याका तालिबानहरुले निकै शक्तिशाली हतियार प्रयोग गरेर कान्दाहारको प्रहरी मुख्यालयमै आक्रमण गरेका थिए । उनीहरुले जनरल राजिकसहित अफगानिस्तानका अमेरिकी सैनिक कमाण्डरलाई पनि तारो बनाएका थिए । 

तर अमेरिकी सेनाका अफगान कमाण्डर जनरल स्कट मिलर भने सकुशल रहेका छन् । उनले नै प्रहरी प्रमुख राजिकको हत्या भएको पुष्टि गरेका छन् । 

उनले भनेका छन्— आज अफगानिस्तानका नागरिकले एकजना सच्चा अफगान नागरिक गुमाएका छन्, हामी पनि सँगै निकै लामो समयदेखि काम ग¥यौँ, जनरल राजिक एक सशक्त प्रहरी कमाण्डर थिए । 

अफगानिस्तानका तालिबानसँग अमेरिकाले शान्तिवार्ताको प्रसंग चलाएको थियो । तर पनि यो पछिल्लो हत्याको शृंखलाले शान्ति वार्ताको प्रसंगलाई छायाँमा पारिदिने विश्लेषकहरु बताउँछन् । 

त्यसैगरी अफगानिस्तानमा हुन गइरहेको आमनिर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थामा पनि यो आक्रमणले ठूलो चुनौती थपिएको जानकारी पनि दिइएको छ । 

कान्दाहारका प्रहरी प्रमुख राजिक तालिबानविरुद्धको कारबाहीका क्रममा एकजना सफल कमाण्डर मानिन्थे । उनको हत्याले कान्दाहारमा सुरक्षाको अवस्था निकै चुनौतीपूर्ण रहेको बताइएको छ । 

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहार तालिबानको बढी नै प्रभाव रहेको क्षेत्र मानिन्छ । त्यसैले पनि यस क्षेत्रको प्रहरी मुख्यालयमै गरिएको आक्रमणले थप सुरक्षा चुनौती थपेको बताइएको हो । 

यस हत्याको जिम्मेवारी तालिबान संगठनले लिएको छ । प्रहरी प्रमुख राजिक तालिबानका विरुद्धमा निकै कठोर रहेकोले हत्या गरिएको उनीहरुले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप