दशैंको बेला बैतडीका स्थानीयलाई खर काट्ने चटारो
बैतडी । नेपालीहरुको महान् चाड मानिने बडादशैँको चहलपहल जताततै छाइरहेका बेला बैतडीका स्थानीय महिला भने हिउँदका लागि खर काट्ने काममा व्यस्त भएका छन् ।
पछि गहुँ छर्नका लागि खेत तयार पार्ने बेला आउने भएकाले दशैँको महत्वभन्दा पनि उनीहरुले घाँस भित्र्याउने कामलाई निरन्तरता दिएका हुन् । स्थानीय महिलाले छिमेकीसँग पालोपैँचो गरी खर घाँस काट्ने गर्छन् ।
हिउँदे मौसममा गाईभैँसीलाई खुवाउन घाँसको अभाव हुने भएकाले मकैबाली भित्र्याएर खर घाँस भित्र्याउनमा लागेको हरिना साउदको भनाइ छ । यो मौसममा धेरै कामको चटारो हुने भएकाले कामको सिलसिलामा भारत गएका धेरैजसो युवा पनि घर फर्कने गरेका छन् ।
बैतडीका महिला दशैँको रमझममा रमाउनुभन्दा खर काट्नमै व्यस्त रहेका पाइन्छन् । मङ्सिर पहिलो सातातिर वनमा रहेको हरियो घाँसलाई काटेर खर बनाउने कार्य सम्पन्न गर्ने गरिन्छ ।
खर काट्ने बेला कतिपय ठाउँमा भिर भएकाले महिलाले जोखिम मोलेरसमेत खर काट्ने गरेका छन् । हरियो घाँसको लोभमा उनीहरु भिरमा चढेर खर काट्ने भएकाले प्रत्येक वर्ष अप्रिय घटनासमेत हुने गरेका छन् ।
स्थानीय उत्पादनको व्यापार बढ्यो
बैतडीका विभिन्न स्थानमा दशैँको अवसरमा लागेको मेलामा स्थानीय उत्पादनको व्यापार बढेको पाइएको छ ।
स्थानीयस्तरमा उत्पादन हुने फलफूलमा ओखर, केरा, अम्बा, दारिमलगायतका फलफूलको व्यापार बढेको स्थानीय व्यापारीले बताएका छन् । यसका साथै निगालोबाट बनेका डोका, नाङ्लालगायतका सामग्रीको व्यापार बढेको व्यापारी दिनेश विष्टले बताए ।
निँगलाशैनी मन्दिरको मेलामा बैतडी तथा दार्चुलाका स्थानीय बासिन्दाले स्थानीयस्तरमा उत्पादित सामानको बिक्री गर्ने गर्छन् । मेलाका अवसरमा स्थानीयस्तरमा उत्पादित सामग्रीको व्यापारले उनीहरुको आर्थिक अवस्थामा समेत परिवर्तन आउने विश्वास गरिएको छ । स्थानीय उत्पादनले यस्तै मेलाका बेला बजार पाउने गरेको किसानले बताएका छन् ।
यस्तै पाटनमा रहेको उदयदेव मन्दिर, तल्लादेहीमा रहेको डिलाशैनी मन्दिरलगायत स्थानमा सञ्चालन भएका मेलामा पनि स्थानीय उत्पादनले बजार पाएको स्थानीय व्यापारीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान