डोल्पाको त्रिपुराकोटमा दशैँको टीका लगाउने आफ्नै साइत, राती मात्रै टीका
डोल्पा । डोल्पाको त्रिपुराकोटमा दशैँको टीका जमरा आफ्नै साइतमा लगाउने गरिन्छ ।
नेपालभर ज्योतिषको साइतअनुसार टीका जमरा लगाउने गरे पनि डोल्पाको त्रिपुराकोटमा भने परापूर्वकालदेखि नै आफ्नै साइतअनुसार दशैंको टीका लगाउने प्रचलन छ ।
नेपालमै प्रसिद्ध शक्तिपीठका रुपमा रहेको त्रिपुरा सुन्दरी मन्दिरमा बेलुकाको नित्यपूजापाठपछि मात्रै सबैले घर घरमा टीका जमरा लगाउन शुरु गर्ने पूजारी देवीकृष्ण उपाध्यायले बताए ।
‘नेपालभर टीकाको एउटै साइत भए पनि त्रिपुराकोटमा भने आफ्नै साइतमा लगाइन्छ, त्रिपुराकोटवासीले मन्दिरमा नित्य पूजाआजाका लागि दशमीको दिन बिहानै प्रत्येक घरबाट जमरा टीका चढाउन लैजाने गर्छन्’, पूजारी उपाध्यायले भन्नुने ।
‘दशैँको औँशीको दिनदेखि दशमीको दिनसम्मको नवरात्र अवधिमा पूजाआजाका लागि आएका ब्राह्मण र पूजारीबीच एक अर्कामा जमरा टीका लगाएर बिदाइ गरेपछि मात्र सबैले आ–आफ्नो घरमा शुरु गर्ने प्रचलन अझै कायम छ,’ उनले भने ।
ज्योतिषका अनुसार आज बिहान ९ बजेर ५१ मिनेटमा देशैभर टीकाको उत्तम साइत भए पनि त्रिपुराकोटमा भने आज रातिदेखि मात्र जमरा टीका लगाउन शुरु हुने गर्छ ।
नेपालभर ज्योतिषको साइतअनुसार जमरा टीका लगाउने प्रचलन भए पनि त्रिपुराकोटमा बेलुकीमात्रै टीका जमरा लगाउने प्रचलन नेपालमै नयाँ रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मण्डला थियटरमा 'टिकट टू हलिउड'
-
‘बोक्सीको घर’लाई बोर्डको युनिभर्सल सर्टिफिकेट
-
पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता
-
ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो नयाँ अपडेट
-
चर्चामा अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल ‘एयरच्याट’
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान