शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु, दुई जना घाइते

शुक्रबार, ०२ कात्तिक २०७५, १३ : ५१
शुक्रबार, ०२ कात्तिक २०७५

धनुषा । धनुषाधाम नगरपालिका– ४ लक्ष्मीपुरमा आज विहान माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने अन्य दुई जना घाईते भएका छन् । 

मृत्यु हुनेमा धनुषाधाम नगरपालिका– ९ धारापानीका रामअवध यादवकी ८ वर्षीया छोरी सिर्जना कुमारी यादव रहेको इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ । 

माटो खन्न गएको बेला माथिबाट ढिस्को खसेर पुरिएपछि उनको घटनास्थलमा नै मृत्यु भएको हो । 

उनीसँगै माटो खन्न गएका बालिका मिका पन्डित र रन्जिता पन्डित घाईते भएको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक प्रकाश दाहालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप