शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पिता मोहनप्रसादको हातबाट प्रधानमन्त्री ओलीले  लगाए टिका

शुक्रबार, ०२ कात्तिक २०७५, १३ : ४२
शुक्रबार, ०२ कात्तिक २०७५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको अवसरमा आफ्ना पिता मोहनप्रसाद ओलीबाट टिका ग्रहण गरेका छन् । 

आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा प्रधानमन्त्री ओलीले पिताको हातबाट टीका, जमरा र तिलक ग्रहण गरेका हुन् । 

प्रधानमन्त्री निवासमा पिता ओलीले पुत्रवधु राधिका शाक्यलाई पनि टीका, जमरा र तिलक लगाइदिएका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

आफू टीका लगाएपछि प्रधानमन्त्री ओलीले श्रीमती तथा आफन्तजनलाई टीका लगाइदिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप