केन्द्रीय संस्करण

बाबुरामले लगाए पिताको हातबाट टीका, दिए दशैंको शुभकामना

person access_timeकात्तिक २, २०७५ chat_bubble_outline0

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले ८९ वर्षीय आफ्ना पिता भोजप्रसाद भट्टराईका हातबाट दसैंको टीका ग्रहण गरेका छन् । 

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले शुक्रबार बिहान शुभसाइतमै पिताको हातबाट टीका लगाएर आर्शीवाद ग्रहण गरेको तस्बिरसँगै परिवारको तस्बिर पनि सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् ।

उनले तस्बिरसँगै पिताबाट टीका र आर्शीवाद लिएर परिवारजनसँग भेटघाट गर्न पाउँदा खुशी र गर्व अनुभूति भएको उल्लेख गरेसँगै दसैंलाई आफन्तजनसँग भेटघाट गर्ने र सुखदुःख साट्ने पर्वको रुपमा चर्चा गरेका छन् । 

अन्त्यमा उनले सबैमा सुख शान्ति र समृद्धि ल्याओस् भन्दै सम्पूर्ण नेपालीहरुलाई शुभकामना समेत दिएका छन् । 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ