बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बङ्गलादेशमा संसदीय निर्वाचनको मिति नोभेम्बरमा घोषण गरिने

शुक्रबार, ०२ कात्तिक २०७५, १२ : ३५
शुक्रबार, ०२ कात्तिक २०७५

ढाका । बङ्गलादेशमा संसदीय निर्वाचनको मिति घोषणा गरिने भएको जानकारी त्यहाँको निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचन आयोगले आगामी नोभेम्बर महिनाको अन्तिम साता यहाँको संसदीय निर्वाचनको मिति घोषणा गरिने र सो निर्वाचन आगामी डिसेम्बर महिनाको अन्तिम सातातिरका लागि आयोजना गरिने जानकारी दिएको हो । 

बङ्गलादेशको निर्वाचन आयोगका सचिव हेलाल उद्दिन अहमदले बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै भने— हामीले नोभेम्बरको अन्तिम साता निर्वाचनको घोषणा गरिने छ र आगामी डिसेम्बरको अन्तिम सातातिर निर्वाचन सम्पन्न गरिने छ । 

बङ्गलादेशका वर्तमान प्रधानमन्त्री शेख हसिनाको पाँच वर्षे कार्यकाल आगामी वर्षको जनवरीमै पूरा हुँदैछ । उनी बंगलादेशको नेशनल अवामी लिगको तर्फबाट प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् । 

सचिव अहमदले भने, ‘बंगलादेशमा संसदीय निर्वाचन गर्ने उचित समय डिसेम्बरको अन्तिम साता हो र हामीले सोही समयका लागि तयारी गरिरहेका छौँ । तर निर्वाचनको निश्चित दिन भने अझै तोकिएको छैन । निर्वाचनको मिति कहिले तोकिन्छ भन्ने विषयमा बंगलादेशमा व्यापक मात्रामा चर्चा शुरु भएका छन् । नेशनल अवामी लिगले सन् २००९ देखि यहाँ शासन गर्दै आएको छ । 

सो दलले सन् २००९ मा करिब दुई तिहाई बहुमतको नजिक मत प्राप्त गरी शासन गरेको हो । त्यसपछि सन् २०१४ मा भएको आमनिर्वाचनमा पनि सोही दलले नै स्पष्ट बहुमत ल्याएको थियो । सो मतपछि उक्त दलले नै शासन गर्दै आएको छ । 

राजनीतिक विश्लेषकहरु अहिले अब आउने निर्वाचनमा पनि सोही दलले नै बहुमत हासिल गरी सत्तामा पुग्ने आशामा रहेको विश्लेषण गर्ने गरेका छन् । अवामी लिगले पछिल्ला केही वर्षहरुमा भने प्रमुख विपक्षी दल बङ्गलादेश नेशनल पार्टीको चुनौती सामना गरिरहेको बताइन्छ । सत्ताको कडा आलोचना र आन्दोलनमा पछिल्लो कार्यकालभरी नै सो दलले समस्या उत्पन्न गर्ने गरेको 
गरिरहेको छ । 

उक्त दलको प्रमुखमा बङ्गलादेशकी अर्की नेत्री खालिदा जिया हुन् । उनी बंगलादेशको पूर्व प्रधानमन्त्री पनि हुन् । 

पूर्व प्रधानमन्त्री जियाको दलले राजनीतिक दल विनाको सरकारले संसदको निर्वाचन गराउनुपर्ने माग गर्दै आएको छ । अवामी लिगले नै गराएको यसअघिको अर्थात् सन् २०१४ को निर्वाचनमा धाँधली भएको भन्दै जियाको दलले निर्वाचन बहिस्कार गरेको थियो । 

सो दलले यस पटक पनि अवामी लिगले निर्वाचन गराएमा सहभागी नहुने बताउँदै आएको छ । साथै सो दलले जियालाई रिहा गर्न पनि माग गरेको छ । जियालाई भ्रष्टाचारको आरोपमा जेल सजायँ दिइएको छ । उनी दुई वर्षभन्दा लामो समयदेखि जेलमै छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप