बलिउडका यी ६ गायक/गायिका, जसले लिन्छन् २० लाख
मुम्बई – यदि कुनै बलिउडको नयाँ फिल्म रिलिज हुन्छ भने फिल्मसँगै त्यसको गीतको पनि चर्चा हुने गर्दछ । त्यसैले बलिउडमा गीतको पनि बेग्लै स्थान रहेको छ ।
गीतको कारणले पनि कयौं चलचित्रले ब्यवसाय गरेका छन् । त्यसैले बलिउड गायक÷गायिका एक गीतका लागि लाखौं रकम लिने गर्दछन् । ति ६ गायक÷गायिका जसले एक गीतका लागि लिन्छन् लाखौं रकम ।
मिका सिहंः–
मीका सिंह बलिउडको सबैभन्दा चर्चित गायक हुन् । उनले बलिउडमा थुप्रै हिट गीत दिएका छन् । जुन गीत पार्टीहरुको पनि सान बन्ने गरेको छ ।
बलिउडको हरेक सुपरहित फिल्ममा मिकाको एक गीत रहने गरेको छ । उनी एक गीतका लागि १३ लाख फिस लिन्छन् ।
श्रेया घोषालः–
निकै सुन्दर तथा सुरिलो आवाजकी रानी श्रेया घोषालको गीतमा करोडौं मानिस पागल छन् । उनले बलिउडका धेरै फिल्मको गीतमा जादु चलाएकी छन् । उनी एक गीतका लागि २० लाख लिने गर्दछिन् ।
अर्जित सिंहः–
अर्जितले २०१३ मा आएको श्रद्धा कपुर र आदित्य राय कपुरको रोमान्टिक फिल्मको गीत ‘तुम ही हो’को निकै हिट भयो । यसपछि उनले गाएको सबै गीत हिट मानिन्छ । उनी अहिले एक गीतका लागि १५ देखि २० लाखसम्म लिने गरेका छन् ।
नेहा कक्करः–
नेहा कक्कर अहिले बलिउडकी टप गायिका हुन् । उनी उद्योगकै सबैभन्दा सुन्दर गायिका पनि हुन् । उनले निकै हिट गीत दिएकी छन् । उनी एक गीतका लागि ८ लाख लिने गर्दछिन् ।
बादशाहः–
चर्चित र्यापर तथा गायक बादशाहले केबल ४ बर्षमा बलिउडमा राम्रो पहिचान बनाए । उनले २०१४ को फिल्म ‘फगली’बाट गाउन सुरु गरेका थिए । त्यसपछि उनले पछि फर्किएर हेर्नुपरेन । उनी अहिले एक गीतका लागि २० लाख लिने गर्दछन् ।
सुनिधि चौहानः–
शीला की जवानी, धुम मचाले धुमलगायत एकसेएक बम्पर हिट गीत दिएका उनको परिचय गराइराख्नु पर्दैन ।
उनले हिन्दीको अलवा ओरिया, जाबी, मराठी, कन्नड, तमिल, तेलुगु, बंगाली, अस्सामी र नेपाली फिल्मको गीत समेत गाएका छन् । उनी एक गतिका लागि १५ देखि २० लाखसम्म लिने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जना मृत अवस्थामा फेला
-
दाइको हत्या गरेको अभियोगमा पक्राउ
-
खड्काल्याण्डले प्रयोग गरेको स्काउटको जग्गा र भवनमा सिल गरेर सरकारले आतङ्क फैल्यायो : सांसद खड्का
-
महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ
-
सिटिजन्स बैंक १८औँ वर्षमा प्रवेश, स्मार्ट बचत खातामा आकर्षक सुविधा
-
ऐसले फर्निचर शोरुम अब नेपालमा