सरकारले जनताको विश्वासलाई तलमाथि पर्न दिँदैन : प्रधानमन्त्री ओली
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनताको विश्वासलाई तलमाथि पर्न नदिने बताएका छन् । आफैँले आयोजना गरेको शुभकामना कार्यक्रमलाई बिहिबार झापाको विर्तामोडमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
सरकारको सफलतासँग आफ्नो असफलता देख्नेहरुले विभिन्न हल्ला र जनतामा विचलन ल्याउन खोजे पनि आफू जनताका अपेक्षा र विश्वासलाई सधैं शिरोधार्य गर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।
चुनावका बेला पार्टीले ज्येष्ठ नागरिक भत्ता बढाउने प्रतिबद्धता गरेपनि अघिल्लो सरकारले राष्ट्रिय ढुकुटीको चरम दोहन गरेकोले बढाउन नसकिएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘अब ढुक्क हुनुहोस । आउने बर्षमा ज्येष्ठ नागरिक भत्ता वृद्धि हुन्छ । हामीले राज्यको ढुकुटीलाई विस्तारै मजबुद बनाउँदैछौं,’ उनले भने ।
प्रधानमन्त्री ओलीले सरकार देश विकासको कामलाई द्रुत गतिमा अघि बढाउन तल्लिन रहेको बताए । ‘धुलो नउड्ने सडक बनाउनका लागि पनि सडकमा धुलो उडाउनु पर्नेपर्दछ’ प्रधानमन्त्री ओलीले भने, ‘दुई बर्षभित्र काठमाडौंका सडक सफा भइसक्छन् ।’
प्रधानमन्त्री ओलीले समाज निर्माण र सञ्चालनमा चाडपर्वको महत्वपूर्ण भूमिका हुने बताएका छन् । नेपालको संयुक्त परिवार प्रणाली विश्वमै अनुपम रहेको र यसले आत्मियताको नमुना पेश गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
‘हाम्रा चाडपर्वले आपसी द्वन्द्वलाई निस्तेज पारेर आपसी सद्ध्भाव कायम गरेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘चाडपर्वमा दिइने आशिषबाट थाहा हुन्छ कि पुर्खाका पालामा नै समृद्ध नेपाल र सुखी नेपालीको कामना गरिएको थियो । त्यो कामना वर्तमान सरकारले पुरा गर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुण्डागर्दीमा संलग्न आरोपमा श्याम लामा पक्राउ
-
सिँचाइ विभागको नक्कली कार्यालय खोलेर ठगेको आरोपमा दम्पती पक्राउ
-
रास्वपा कोशी प्रदेश सभापतिमा राई निर्वाचित, पराजित भएपछि तामाङले गरिन् राजनीतिबाट सन्यासको घोषणा
-
दाँतमा समस्या देखिएपछि एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालमा
-
बैंकक बम विस्फोटको घटनामा दुई जनालाई मृत्युदण्ड
-
जसलाई चुनाव हराउन ठुला एआई कम्पनीहरूले अर्बौँ खर्च गर्दैछन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण