मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

टिकाको दिन अर्थात (भोलि) यस्तो छ प्रधानमन्त्री ओलीको कार्यक्रम

बिहीबार, ०१ कात्तिक २०७५, १५ : ४१
बिहीबार, ०१ कात्तिक २०७५

काठमाडौं । भोलि अर्थात असोज २ गते विजया दशमी । आफूभन्दा ठूलाको हातबाट टिका ग्रहण गर्ने दिन । 

प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट ९ः४५ बजेदेखि १० बजेसम्म टिका ग्रहण गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । 

यस्तो छ प्रधानमन्त्री ओलीको भोलिको कार्यक्रमः–
विहान ९ः४५–१०.०० : प्रधानमन्त्रीद्वारा पिता मोहनप्रसाद ओलीको हातबाट टिका ग्रहण । 

विहान १०.०० पछि प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुद्वारा प्रधानमन्त्रीको हातबाट टिका ग्रहण । 

दिउँसो १.०० : प्रधानमन्त्रीद्वारा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट टिका ग्रहण । 

दिउँसो २ः०० : माननीय मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बध्द उच्च पदस्थ राष्ट्रसेवक–कर्मचारी तथा सुरक्षाकर्मीहरुद्वारा सम्माननीय प्रधानमन्त्रीबाट टिका ग्रहण । 

अपरान्ह ३.३० देखि ५.३० : पार्टी कार्यकर्ता तथा सर्बसाधारणहरुद्वारा प्रधानमन्त्रीबाट टिका ग्रहण । 

साँझ ६ः०० बजेदेखि : परिवारका सदस्यहरुद्वारा प्रधानमन्त्रीबाट टिका ग्रहण । 

एकादशी कार्तिक ३ गतेदेखि चतुर्दशी कार्तिक ६ गतेसम्म विहान ९ः०० देखि ११.०० सम्म कार्यकर्ताहरु र शुभचिन्तकहरुद्वारा प्रधानमन्त्रीको हातबाट टिका ग्रहण समय तालिका तय गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप