शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् बलिउडका सबैभन्दा महँगा ५ निर्देशक

बिहीबार, ०१ कात्तिक २०७५, १५ : १६
बिहीबार, ०१ कात्तिक २०७५

मुम्बई – बलिउड फिल्मले जहिलेदेखि १०० करोडको व्यवसाय गर्न थाल्यो । त्यसदेखि निर्माता÷निर्देशक आफ्नो हरेक फिल्म करोड क्लबमा पुर्याउने रणनीतिमा लाग्न थाले । यो क्लबमा चलचित्र पुर्याउन अभिनेता र अभिनेत्रीबिच मात्र होड चलेन, निर्देशक पनि यो होडबाजीमा देखिए । चलचित्रले १०० करोड कमाउन थालेपछि निर्देशक पनि आफुलाई महँगो रुपमा परिमार्जिन गर्न थाले । आज बलिउडका ति ५ निर्देशकको चर्चा गर्न खोजिएको छ । जो बलिउडका महँगा निर्देशक हुन् । 

कविर खानः
कविर खान फिल्म निकै सानदार बनाउँछन् । उनी धेरै पारिश्रमिक लिने निर्देशक पनि हुन् । उनी हरहमेसा आफ्नो फिल्मको बारेमा सोच्ने गर्दछन् । उनी निर्देशकको अलवा लेखन र छायाँकार पनि हुन् । कबिर एक बर्षमा ४०० करोड भन्दा बढी कमाउने निर्देशक हुन् । 

रोहित सेट्टीः
रोहित पनि बलिउडका धनी निर्देशक बनेका छन् । उनलाई तीन चलचित्रले यो स्थानमा पुर्याएको हो । उनका फिल्म ‘चेन्नई एक्सप्रेस’, ‘दिलवाले’ र ‘सिंघम स्क्रिन’ उनका महत्वपूर्ण फिल्मका उदाहरण हुन् । उनी बढी कमाउने निर्देशकमा पर्दछन् । 

राजकुमार हिरानीः
हरेक फिल्ममा नैतिक सन्देश दिने राजकुमार हिरानीको बिषेशता नै हो । उनी फिल्ममार्फत युवा र किशोर दर्शकमा पुग्ने कोसिस गर्दछन् । उनले आमिर खानका साथ ३५० करोड भन्दा पनि बढी आम्दानीका लागि प्रेरणात्मक फिल्ममा काम गरिरहेका छन् । 

अरबाज खानः 
फिल्मबाट दर्शकको मन जित्ने निर्देशक हुन् अरबाज खान । जसको उदारण दबंगलाई लिन सकिन्छ । धेरै हिट फिल्म नदिए पनि उनी धेरै पारिश्रमिक लिने निर्देशकमा पर्दछन् । 

फरहान अख्तर र जोया अख्तर: 
यी दुवैले बलिउडमा राम्रा फिल्म बनाएका छन् । फरहान र जोया दिदीभाई हुन् । यी दुवै एकसाथ लोकप्रिय छन् । दर्शकको मनोरञ्जन ध्यानमा राखेर यी दुवैले फिल्म बनाउने गरेका छन् । 
उनीहरुका फिल्मले बलिउडमा एक नयाँ आयाम बनाएका छन् । यीनको फिल्म ‘दिल चाहता है’ र ‘जिन्दगी नामिलेगी दोबारा’ बलिउडमा सुपरहित साबित भयो । यी दुवै पनि बलिउडमा धेरै कमाउने निर्देशकमा पर्दछन् । 
 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप