दशैंमा २१३ सवारी दुर्घटना : ३४ को मृत्यु, १४५ घाइते
काठमाडौं ।
दशैंको घटस्थापनादेखि असोज ३० गते साँझसम्ममा देशभर २ सय १३ वटा सवारी दुर्घटना हुँदा ३४ जनाले ज्यान गुमाएका छन् ।
प्रहरी प्रधान कार्यालयबाट प्राप्त तथ्याङ्कअनुसार असोज २४ गतेदेखि असोज ३० गते साँझसम्ममा २ सय १३ वटा दुर्घटना भएको हो । जसमध्ये १ सय ५१ वटा सवारी दुर्घटना उपत्यकामा मात्रै भएको छ ।
उपत्यकामा भएको १ सय ५१ दुर्घटनामा परी ७ जनाले ज्यान गुमाएका छन् भने ३ जना गम्भीर घाइते बनेका छन् । दुर्घटनामा ९२ जना सामान्य घाइते बनेका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार ट्राफिकको इटहरी कार्यालय मातहतमा १४ दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । त्यसैगरी पथलैया कार्यालय मातहतमा १० वटा सवारी दुर्घटनामा पर्दा ४ जनाले ज्यान गुमाएका छन् । रामनगर कार्यालय मातहत ११ वटा सवारी दुर्घटना हुँदा ५ जनाले ज्यान गुमाएका छन् ।
यता गगौनगौंडा कार्यालय मातहत भएका ९ वटा दुर्घटनामा ४ जनाले ज्यान गुमाएका छन् भने ८ जना गम्भीर घाइते बनेका छन् । बुटवल क्षेत्रमा १४ वटा सवारी दुर्घटना हुँदा ७ जनाले ज्यान गुमाएका छन् भने १२ जना गम्भीर घाइते बनेका छन् ।
कोहलपुरक्षेत्रमा २ वटा सवारी दुर्घटना हुँदा १ जनाले ज्यान गुमाए भने १ जना गम्भीर घाइते बने । यता अत्तरियामा ३ वटा सवारी दुर्घटना हुँदा ३ जनाले ज्यान गुमाएका छन् ।
असोज २४ गतेदेखि गएको ७ दिनमा २ सय १३ वटा दुर्घटनाबाट ३४ जनाले ज्यान गुमाएका छन् भने ५५ जना गम्भीर घाइते बनेका छन् । दुर्घटनामा सामान्य घाइते बन्नेको सङ्ख्या १ सय ४५ जना रहेको छ ।
असोज ३१ गते बुधबार पनि चितवनको कुरिनटारमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण