बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनको कुरिनटारमा दुई सवारी दुर्घटना : ७ घाइते, ४ को अवस्था गम्भीर

बुधबार, ३१ असोज २०७५, १४ : ३४
बुधबार, ३१ असोज २०७५

काठमाडौं–चितवनको कुरिनटारमा दुई सवारीसाधन एकआपसमा ठोक्किँदा ७ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको मुग्लिन ट्राफिक प्रहरीले जनाएको छ । 

चितवनको मुग्लिनबाट धादिङतर्फ जाँदै गरेको ग.२.च १७५१ नम्रबको मारुती भ्यानलाई सोही दिशाबाट आएको बा.१.घ ५६५ नम्बरको दुध बोक्ने ट्याङकरले अपरान्ह पौने १ बजे ठक्कर दिएको हो ।

दशैं मान्न धादिङतर्फ आउँदै गरेका यात्रु सवार उक्त भ्यानमा रहेका ७ जना यात्रु घाइते भएको मुीगलन प्रहरीले जनाएको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । 

दुर्घटनालगत्तै घाइतेहरुलाई उपचारका निम्ति भरतपुर अस्पतालतर्फ पठाइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप