बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दशैंको खान्कीः होटल अन्नपूर्णका सेफ सन्तोषको खसी, कुखुराको मासु र स्वादिला शाकाहारी परिकार बनाउने रेसिपी (भिडियोसहित)

बुधबार, ३१ असोज २०७५, ११ : ५६
बुधबार, ३१ असोज २०७५

दशैं भेटघाट, खानपिन र रमाइलोको चाड हो । दशैंको मौकामा आफ्ना आफन्त र साथीभाइलाई मिठो मसिनो ख्वाउने सबैको चाहना हुन्छ । तपाईंको यो चाहना सायद पूरा हुनसक्छ ।

यसका लागि मुलुकको अग्रणी पाँचतारे होटल डेल अन्नपूर्णका एक्जेक्युटिभ सुस सेफ सन्तोष सुवेदी केसीले खानालाई स्वादिष्ट बनाउने केही ‘टिप्स एण्ड ट्रिक्स’ दिएका छन् ।

यसपटक भिन्न स्वादको दशैंको खान्की  पस्कन चाहनुहुन्छ भने यी विधी अपनाउनुहोस् ।

१. आलु तारेकोः

पाक्ने समयः ४५ मिनेट

मिल टाइपः भेज

चाहिने सामग्रीः

आलु उसिनेर काटेको, मेथी, जिराको गेडा, धनियाँको गेडा, रातो खुर्सानी, जिराको धुलो, बेसार, खुर्सानीको धुलो, नुन, टिम्मुरको धुलो

पकाउने विधीः

बाक्लो पिँध भएको कराईमा अलि धेरै तेल हाल्ने र तातेपछि मेथी, जिराको गेडा, धनियाँको गेडा, रातो खुर्सानी हाल्ने र उसिनेर लामो पिस गरेर काटेको आलू हाल्ने

बाहिरी पत्र खरो हुनेगरी तार्ने

त्यसपछि जिराको धुलो, बेसारको धुलो, खुर्सानीको धुलो, नुन हालेर बिस्तारै चलाउने

र झिक्नुअघि टिम्मुरको धुलो छर्किने

यसलाई धेरैले टिम्मुरे आलु अथवा मुस्ताङ आलुसमेत भन्ने गर्छन् ।

२.  खसीको पक्कु

पाक्नका लागि समयः तीन घण्टा

मिल टाइपः नन भेज

आवश्यक सामग्रीः

हड्डी नभएको खसीको मासु, बेसार, रातो खुर्सानीको धुलो, जिराको धुलो, धनियाँको धुलो, नुन, तेजपात, दालचिनी, ल्वाङ, सुकमेल, स्टारानिस, तोरिको तेल, ल्वाङ, सुकमेलको धुलो

पकाउने विधीः

अघिल्लो दिन स–सानो टुक्रा पारेको मासुमा बेसार, रातो खुर्सानीको धुलो, जिराको धुलो, धनियाँको धुलो, नुन र तोरीको तेल हालेर मासुलाई राम्रोसँग मोलेर राख्ने

नोटः मोलेको एक घण्टासम्म कोठाको तापक्रममा राखेपछि मात्र फ्रिजमा राख्ने

सबैभन्दा पहिले बाक्लो पिँध भएको कसौडी तताएर थोरै तोरीको तेल हालेर तेजपात, दालचिनी, ल्वाङ, सुकमेल, स्टारानिस हालेर चलाउने

केही बेरमा मासु हाल्ने र राम्रोसँग चलाउने । त्यसपछि कचौराले ढाक्ने र कचौरामा पानी हाल्ने । यसलाई सानो आँचमा पकाउनुपर्छ ।  

कचौराको पानी नसुकुञ्जेल यसलाई बिर्सिए पनि हुन्छ । जब पानी सुक्छ, त्यसपछि राम्रोसँग चलाउने र ल्वाङ सुकमेलको धुलो राखेर छोपेको पाँच मिनेटमा यो पाक्छ ।

३. खसीको झोलः

पाक्नका लागि समयः एक घण्टा

मिल टाइपः नन भेज

आवश्यक सामग्रीः

स–सानो टुक्रा बनाइएको खसीको मासु, बेसार, रातो खुर्सानीको धुलो, जिराको धुलो, धनियाँको धुलो, नुन, तोरीको तेल, पोलेर स–साना टुक्रा पारेर काटिएको अदुवा, लसुन, प्याज र गोलभेंडा

विधीः

पकाउनु दुई घण्टाअघि मासुमा बेसार, रातो खुर्सानीको धुलो, जिराको धुलो, धनियाँको धुलो, नुन र तोरीको तेल हालेर मोल्ने अर्थात् मेरिनेट गर्ने ।

त्यसपछि बाक्लो पिँध भएको कसौँडीमा तेल हालेर पोलर काटेर राखिएको प्याज, अदुवा, लसुन हाल्ने र केही बेर चलाउने । त्यसपछि मासु हालेर चलाउने । मासु भुटेको आधा घण्टापछि गोलभेंडा हाल्ने र मनतातो पानी हालेर छोपिदिने र नपाकुञ्जेलसम्म पकाइराख्ने ।

४. कुखुराको मासुः

पाक्ने समयः २५ मिनेट

मिल टाइपः नन भेज

आवश्यक सामग्रीः

बेसार, रातो खुर्सानीको धुलो, जिराको धुलो, धनियाँको धुलो, नुन, तोरीको तेल, मेथी, हरियो धनियाँ, रातो खुर्सानी, पोलेर स–साना टुक्रा पारेर काटिएको अदुवा, लसुन, प्याज र गोलभेंडा, हरियो खुर्सानी

विधीः

सबैभन्दा पहिले कुखुराको मासुमा बेसार, रातो खुर्सानीको धुलो, जिराको धुलो, धनियाँको धुलो, नुन र तोरीको तेल हालेर मोल्ने अर्थात् मेरिनेट गर्ने ।

बाक्लो कराईमा थोरै तेल हाल्ने र तेल तातेपछि मेथी र रातो खुर्सानी हालेर चलाउने

मेथी हल्का खेरो भएपछि त्यसमा पालेर काटिएको खुर्सानी, प्याज, लसुन हाल्ने

त्यसपछि मासु हाल्ने र चलाउने

हरियो धनियाँ हाल्ने

मेरिनेट गर्दा राखिएका सबै मसला र टिम्मुरको धुलो थोरै हाल्ने र चलाउने

त्यसपछि मनतातो पानी हालेर पाक्न दिने ।

५. कुखुरा तारेकोः

पाक्ने समयः आधा घण्टा

मिल टाइपः नन भेज

आवश्यक सामग्रीः

कुखुराको मासु, हरियो खुर्सानी, धनियाँ, नुन, मैदाको पिठो, टिम्मुरको धुलो, तेल

विधीः

कुखुराको मासुमा हरियो खुर्सानी, धनियाँ, नुन, मैदाको पिठो, टिम्मुरको धुलो, अलिकति तेल हालेर मोल्ने

त्यसलाई तातिराखेको तेलमा हाल्ने र १५–२० मिनेटसम्म तोरेर निकाल्ने

६. मूलाको अचारः

बनाउने समयः १५ मिनेट

मिल टाइपः भेज

आवश्यक सामग्रीः

मूला, उसिनेको आलू, कागतीको रस, भिजाएको सानो केराउ, प्याज, हरियो खुर्सानी, धनियाँ, टिम्मुरको धुलो

विधी

सानो टुक्रामा काटिएको मूलामा उसिनेको आलू, कागतीको रस, भिजाएको सानो केरा, प्याज, हिरयो खुर्सानी, हरियो धनियाँ, टिम्मुरको धुलो हालेर मोल्ने ।

र सानो भाँडामा तोरीको तेल हाल्ने र तातेपछि मेथी हाल्ने

मेथी रातो भएपछि, बेसार हाल्ने र त्यो तेल माथि मोलिएको अचारमा झान्ने र मोल्ने ।

दशैँबारे यी सामाग्रीहरु पनि पढ्नुहोस्

डा. नवराज लम्सालका नजरमा पढ्नैपर्ने १५ पुस्तक

यसरी बित्दैछ १० सांसदको दशैं : पिङ खेल्नेदेखि मतदाताको घरदैलो गर्नेसम्म

दशैं विशेष : दीर्घरोगीले के खाने के नखाने ?

एकैपटक दशैँभरलाई पुग्ने मासु पकाउनु गलत

माझी समुदायसँग काँग्रेस नेता भण्डारीको फरक शैलीको दशैं

दशैंमा सबैभन्दा भिन्न र सुन्दर देखिन चाहनुहुन्छ ? मेकअप आर्टिस्टका यी टिप्स अपनाउनुस्

बैंकर्सको दशैँ, कसको कस्तो ?

दशैंमा लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ ? ट्राफिक इन्सपेक्टर हाछेथुको यस्ता छन् २५ टिप्स

दशैं बिदाको दिनपनि बैंक खुला रहने, कुन बैंकको कुन शाखाले कतिबजेसम्म सेवा दिन्छन् ? (विवरणसहित)

प्रहरी प्रमुखको दशैँ : ‘मोबाइल अफ गरेर पढ्न पाए हुन्थ्यो’

इन्टरपोलको रेड नोटिस : ३३ किलो सुन तस्करदेखि दरबारमार्गका बलात्कारीसम्म (सूचीसहित)

मनोज पण्डितको नजरमा दशैंको फुर्सदमा हेर्नैपर्ने फिल्म

बागलुङ कालिका भगवतीबारे रोचक किम्बदन्ती

मुस्लिम सांसद अतहर कमाललाई दशैँ चटारो 

अनाैंठो जनविश्वास रहेको छिन्नमस्ता भगवतीको मन्दिर : दशैंमा दर्शन गर्न जाँदै हुनुहुन्छ ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप