शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यात्रु ठग्ने १७४ ट्याक्सी समातिए

बुधबार, ३१ असोज २०७५, ११ : ०७
बुधबार, ३१ असोज २०७५

काठमाडौं – राजधानीमा चाडवाडको मौका छोपेर यात्रुसँग बढी भाडा असुल गर्ने १ सय ७४ ट्याक्सीचालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । 

दशैंमा सार्वजनिक सवारीसाधनको कमी भएपछि यात्रुसँग बढी भाडा लिई सेवा दिने १७४ ट्याक्सीचालकलाई महानगरीय ट्राफिक प्रहरीले मंगलबार कारवाही गरेको हो । 

ट्याक्सीमा मिटर जडान गरिएको भएपनि मिटरमा जान नमान्ने र यात्रुसँग बढी भाडा लिएका ट्याक्सीहरुलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

मिटरमा जान नमान्ने र यात्रुसँग बार्गेनिङ गर्ने १ सय ७४ ट्याक्सी नियन्त्रणमा लिई उनीहरुलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । १ सय ७४ ट्ययाक्सीमध्ये केहीलाई यात्रुको उजुरीबाट कारवाही गरिएको हो भने केही ट्राफिक प्रहरीको छड्केमा परेका थिए । 

चाडबाडको बेला ट्याक्सीले ठगेको उजुरी परेपछि ट्याक्सी ट्राफिकको निगरानमिा परेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप