यात्रु ठग्ने १७४ ट्याक्सी समातिए
काठमाडौं – राजधानीमा चाडवाडको मौका छोपेर यात्रुसँग बढी भाडा असुल गर्ने १ सय ७४ ट्याक्सीचालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
दशैंमा सार्वजनिक सवारीसाधनको कमी भएपछि यात्रुसँग बढी भाडा लिई सेवा दिने १७४ ट्याक्सीचालकलाई महानगरीय ट्राफिक प्रहरीले मंगलबार कारवाही गरेको हो ।
ट्याक्सीमा मिटर जडान गरिएको भएपनि मिटरमा जान नमान्ने र यात्रुसँग बढी भाडा लिएका ट्याक्सीहरुलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
मिटरमा जान नमान्ने र यात्रुसँग बार्गेनिङ गर्ने १ सय ७४ ट्याक्सी नियन्त्रणमा लिई उनीहरुलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । १ सय ७४ ट्ययाक्सीमध्ये केहीलाई यात्रुको उजुरीबाट कारवाही गरिएको हो भने केही ट्राफिक प्रहरीको छड्केमा परेका थिए ।
चाडबाडको बेला ट्याक्सीले ठगेको उजुरी परेपछि ट्याक्सी ट्राफिकको निगरानमिा परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् भवनमा इन्टरनेट बिग्रिँदा प्रतिनिधिसभाको लाइभ प्रभावित
-
‘लेनिन’ मार्फत ठुलो पर्दामा फर्किँदै अभिनेता अखिल अक्किनेनी
-
१० मध्ये पाँच अफ्रिकी टोली कसरी विश्वकपबाट बाहिरिए ?
-
इंग्ल्यान्डको पुनरागमन: के जलपान विश्रामकै कमाल थियो त ?
-
ठोस सहमति बिनै टुङ्गियो अमेरिका–इरान वार्ता
-
सुनको मूल्य ह्वात्तै बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण