बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तुलसीपुर बजारमा छाडा चौपायाले सास्ती

बुधबार, ३१ असोज २०७५, ०७ : ४३
बुधबार, ३१ असोज २०७५

दाङ–तुलसीपुर बजारमा छाडा चौपाया व्यवस्थापन हुन नसक्दा नगरवासीलाई निकै समस्या हुनेगरेको छ । बजारका मुख्य चोकचोकमा यतिखेर ठूलो सङ्ख्यामा छाडा चौपायाले बिगबिगी मच्चाएका छन् । 
ती चौपायाले बजार क्षेत्रमा लगाएका बोटबिरुवा खानुका साथै आवागमनमासमेत समस्या हुने गरेको छ । बजार विभिन्न चोकचोकमा ठूलो सङ्ख्यामा गाई तथा गोरु छाडा छोडिएका छन् । 

तुलसीपुर बजारको मुख्य चोकमा फलफूल पसल गर्दै आएकी मीना भण्डारीले आफूलाई चौपायाले निकै सास्ती दिने गरेको बताइन् । उनले भनिन्, “पसलमा ग्राहक फलफूल किन्न आएका हुन्छन्, आफू व्यस्त हुन्छु, गाई आएर खाइदिने हुँदा समस्या हुने गरेको छ । 

छाडा चौपायाले बालीनाली नोक्सान गर्नुका साथै सडकमा जताजतै बस्ने भएका कारण आवातजावत गर्ने सवारी साधनदेखि सर्वसाधारणलाई समेत समस्या हुने गरेको तुलसीपुर निवासी नीरा ढुङ्गानाले बताइन् ।

उनले भनिन्, “दूध खाने अनि थाकेपछि गाई छोड्ने प्रवृत्ति बढेका कारण आफूहरूले समस्या खेप्नुपरेको छ”, तुलसीपुर निवासी हरि अधिकारीले छाडा चौपाया नियन्त्रण गर्न उपमहानगरपालिकाले कुनै साचो नदिएको गुनासो गरे । 
उनले भने, “अहिले तुलसीपुर बजार क्षेत्रमा १०० को हाराहरीमा छाडा चौपाया रहेको र तीनले निकै सास्ती दिएका छन् ।” 

यस सम्बन्धमा तुलसीपुर उपमहानगरपालिकासँग जिज्ञाशा राख्दा उपप्रमुख माया आचार्यले छाडा चौपायाले नागरिकलाई सास्ती दिएको स्वीकार गर्दै अब छिट्टै व्यस्थापन गर्ने बताइन् । 

उनले तुलसीपुर उपमहानगरपालिका–१२ को शीतलपुरमा गौशाला निर्माणका लागि उपयुक्त स्थान छनोटसमेत गरिसकेकाले अब छिट्टै नै त्यहाँ गौशाला निर्माण गरी छाडा चौपायालाई व्यवस्थापन गरिने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप