शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन : खनाल

मङ्गलबार, ३० असोज २०७५, २१ : ०३
मङ्गलबार, ३० असोज २०७५

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको टिप्पणी गरेका छन् । 

काठमाडौंमा आज आयोजित शुभ–कामना आदान–प्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले सरकार साना विषयमा अल्झिदा नागरिकमा निरासा बढेको बताए । 
महंगी नियन्त्रणमा ठोश काम नगर्दा उपभोक्ता मारमा परेको र विकास निर्माणका गतिविधि पनि सुस्त हुँदा शक्तिशाली भनिएको सरकार पनि उस्तै रहेछ भन्ने सन्देश जान थालेको उनको भनाइ थियो ।

नेता खनालले संविधान कार्यान्वयमा भने सरकार सफल रहेको दावी गरे । सीमित कमजोरी सुधार्दै जनविश्वास कायम राख्न सरकारले भूमिका बढाउनु पर्ने उको सुझाव थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप