दशैंको शुभकामना दिँदै के–के भने पूर्वराजा ज्ञानेन्द्रले ?
काठमाडौं–पूर्वाराजा ज्ञानेन्द्र शाहले नेपाली जनताले देश बन्ने र बनाइने सपना देखेका भएपनि त्यो पूरा हुन नसकेको बताएका छन् ।
राजनीतिक परिवर्तनको नाममा समेटिएका असामयिक तथा असान्दर्भिक कार्यसूचीहरुका कारण अहिले देश कसरी बचाउने भन्ने अवस्था आएको पूर्वराजाको दाबी छ ।
विजया दशमीको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै शाहले हरेक उपलव्धिहरु परिवर्तन हुने भएपनि हरेक परिवर्तनहरु उपलव्धिमूलक बन्न नसक्ने भन्दै अहिलेको राजनीतिक अवस्थाप्रति असन्तुष्टि पोखेका छन् ।
नेपालीबीचको सामाजिक सद्भाव मेटिदै गएको तथा तराई, पहाड र हिमाल माझको एक्यभाव तोड्ने प्रयत्न समेत भइरहेको दाबी गर्दै शाहले अव समीक्षा र आत्मूल्यांकनको घडी आएको आएको बताएका छन् ।
शाहले विजया दशमीको अवसरमा देश भित्र र देश बाहिर रहे बसेका सबै नेपालीहरुमा शान्ति, सूख र सम्वृद्धिको लागि शुभकामना व्यक्त गर्दै मौलिक धर्म, संस्कृति र चाडपर्वहरु निरन्तरता दिन पनि आह्वान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण