शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दशैंको शुभकामना दिँदै के–के भने पूर्वराजा ज्ञानेन्द्रले ?

मङ्गलबार, ३० असोज २०७५, २० : ५५
मङ्गलबार, ३० असोज २०७५

काठमाडौं–पूर्वाराजा ज्ञानेन्द्र शाहले नेपाली जनताले देश बन्ने र बनाइने सपना देखेका भएपनि त्यो पूरा हुन नसकेको बताएका छन् । 

 राजनीतिक परिवर्तनको नाममा समेटिएका असामयिक तथा असान्दर्भिक कार्यसूचीहरुका कारण अहिले देश कसरी बचाउने भन्ने अवस्था आएको पूर्वराजाको दाबी छ । 

विजया दशमीको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै शाहले  हरेक उपलव्धिहरु परिवर्तन हुने भएपनि  हरेक परिवर्तनहरु उपलव्धिमूलक बन्न नसक्ने भन्दै अहिलेको राजनीतिक अवस्थाप्रति असन्तुष्टि पोखेका छन् ।

नेपालीबीचको सामाजिक सद्भाव मेटिदै गएको तथा तराई, पहाड र हिमाल माझको एक्यभाव तोड्ने प्रयत्न समेत भइरहेको दाबी गर्दै शाहले  अव समीक्षा र आत्मूल्यांकनको घडी आएको आएको बताएका छन् ।

शाहले विजया दशमीको अवसरमा देश भित्र र देश बाहिर रहे बसेका सबै नेपालीहरुमा शान्ति, सूख र सम्वृद्धिको लागि शुभकामना व्यक्त गर्दै मौलिक धर्म, संस्कृति र चाडपर्वहरु निरन्तरता दिन पनि आह्वान गरेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप