शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दशैँ मान्न गाउँ हिँडेका यात्रु बोकेको बस रापेछापमा दुर्घटना

मङ्गलबार, ३० असोज २०७५, १९ : ००
मङ्गलबार, ३० असोज २०७५

रामेछाप– काठमाडौँबाट गाल्वातर्फ जाँदै गरेको बस खाँडादेवी–३ भीरपानीको सार्की पँधेरामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । 

दशैं मान्न गाउँ फर्कँदै गरेका यात्रुले भरिएको  बा ३ख ४६७५ नं को बस आज अपराह्न ३ बजेतिर दुर्घटना हुँदा १३ वर्षीया बालिकाको मृत्यु भएको हो । 

बालिकाको सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शेख अदालतका अनुसार गाडी सडकबाट करीब ५० मिटर तल खसेको छ । 

घाइतेको सिन्धुलीको सुनकोशी गाउँपालिकास्थित भरोसा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । सो दुर्घटनामा १२ जना गम्भीर घाइते भएका छन् । विपरीत दिशाबाट आइरहेको गाडीलाई ठाउँ दिने क्रममा दुर्घटना भएको प्रहरीले आशङ्का गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप